शनिबार, बैशाख ५, २०८३

21.1 C
Bhaktapur
शनिबार, बैशाख ५, २०८३
21.1 C
Bhaktapur
HomeNews Contentसमाचारभक्तपुरमा समानुपातिकतर्फ रास्वपा अग्रस्थानमा( कुन दललाई कति?)

भक्तपुरमा समानुपातिकतर्फ रास्वपा अग्रस्थानमा( कुन दललाई कति?)

भक्तपुर, फागुन २५ — प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत भक्तपुर जिल्लामा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरमा सबैभन्दा बढी मत प्राप्त गर्दै अग्रस्थानमा देखिएको छ।

निर्वाचन परिणामअनुसार भक्तपुरका दुई निर्वाचन क्षेत्रबाट प्राप्त समानुपातिक मत जोड्दा रास्वपाले कुल ५५ हजार ३३ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ भने तेस्रो स्थानमा नेकपा एमाले रहेको छ।

जिल्लाभरको मत विवरणअनुसार नेपाली कांग्रेसले १० हजार ३४३ मत, नेकपा एमालेले ९ हजार ४५५ मत प्राप्त गरेका छन्। भक्तपुरको स्थानीय राजनीतिमा लामो समयदेखि प्रभाव राख्दै आएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले समानुपातिकतर्फ ७ हजार १७५ मत प्राप्त गरेको छ। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार ५६३ मत प्राप्त गरेको छ।

क्षेत्रगत रूपमा हेर्दा भक्तपुर क्षेत्र नं. २ मा रास्वपाले सबैभन्दा बढी ४३ हजार ३२२ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ८ हजार ७७८ र नेकपा एमालेले ८ हजार ३९० मत प्राप्त गरेका छन्। नेपाल मजदुर किसान पार्टीले यस क्षेत्रमा ३ हजार ५२१ मत प्राप्त गरेको छ।

भक्तपुर क्षेत्र नं. १ मा पनि रास्वपा पहिलो स्थानमा रहेको छ। यस क्षेत्रमा रास्वपाले ११ हजार ७११ मत प्राप्त गर्दा नेपाल मजदुर किसान पार्टीले ३ हजार ६५४ मत, नेपाली कांग्रेसले १ हजार ५६५ मत र नेकपा एमालेले १ हजार ६५ मत प्राप्त गरेका छन्।

यसपटकको निर्वाचनमा नयाँ शक्तिका रूपमा उदाएको रास्वपाले भक्तपुरमा समानुपातिकतर्फ उल्लेखनीय मत प्राप्त गरेको देखिएको छ। परम्परागत दलहरू नेपाली कांग्रेस, एमाले तथा स्थानीय रूपमा बलियो मानिने नेपाल मजदुर किसान पार्टीका लागि भने यो परिणाम चुनौतीपूर्ण संकेतका रूपमा पनि विश्लेषण हुन थालेको छ।

निर्वाचन परिणामले भक्तपुरको मतदाताबीच नयाँ राजनीतिक विकल्पप्रतिको आकर्षण बढ्दै गएको संकेत गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको