सोमवार, माघ २६, २०८२

11.1 C
Bhaktapur
सोमवार, माघ २६, २०८२
11.1 C
Bhaktapur
HomeNews Contentभक्तपुर टाइम्स विशेषउम्मेदवार चटके र दल एजेन्डाविहीन : प्रेम सुवाल

उम्मेदवार चटके र दल एजेन्डाविहीन : प्रेम सुवाल

भक्तपुर । नेमकिपाका सचिव प्रेम सुवालले निर्वाचनमा उम्मेदवारहरू चटके र दलएजेन्डाविहीन रहेको बताएका छन् ।

उनले उक्त स्वभाव, चरित्र र प्रवृत्तिका उम्मेदवार र दल देश हितमा भन्दा आफ्नो व्यक्तिगत स्वार्थमा लागेकाे समेत बताए । भक्तपुर क्षेत्र नं. १ मा नेमकिपाका तर्फबाट उम्मेदवार बनेका उनले व्यक्तिगत स्वार्थबाट प्रेरित दल र उम्मेदवारलाई मतदातासमक्ष उदाङ्ग्याउनुपर्नेमा जाेड दिए ।

पार्टी स्थापना दिवसको अवसरमा आयाेजित विचार गाेष्ठीमा उनले निर्वाचनलाई विचारकाे लडाइँ गर्ने मैदानकाे संज्ञा दिँदै जनतामाझ गएर वैचारिक र सैद्धान्तिक कक्षा सञ्चालन गर्न पार्टी कार्यकर्तालाई निर्देशन समेत दिए । सरकारमा जाने साेचका दलहरूले निर्वाचनलाई पनि सत्ताकाे भर्याङ बनाइरहेकोले त्यसप्रति जनता सचेत हुनुपर्नेमा जाेड दिए ।

उनले विचारले नयाँ दल हुने उल्लेख गर्दै नयाँ भनिएका दल र उम्मेदवार समेत शासक दलक‌ लाइनमा रहेकाले तिनीहरूमा फरक नभएको बताए । उनले देशको अर्थतन्त्र उकास्नका लागि पुराना दल र नयाँ दलहरूले एजेन्डा सार्वजनिक नगरेको बताए । उनले सरकारमा जाने, पदमा जाने मात्र एजेन्डा बनाएका उम्मेदवार र दलले देशकाे समस्या निराकरण गर्न नसक्ने बताए ।

चुनावलाई राजनीतिक कक्षाकाे रूपमा नेमकिपाले उपभोग गर्दै आइरहेको उल्लेख गर्दै सत्ताकेन्द्रीत दल र उम्मेदवारहरूले निर्वाचन आचासंहिताविपरीत कार्य गरिरहेकाे बताए ।

नेमकिपा स्थापनाका आधारहरूबारे चर्चा गरेका उनले अझ पनि किसान, मजदुर आन्दोलन आवश्यक रहेकोमा जाेड दिए । त्यसका लागि वर्गीय सङ्घर्ष जरुरी रहेको उल्लेख गरे ।

कार्यक्रममा वागमती प्रदेश सभा सदस्य गीता काफ्ले, चाँगुनारायण नपा ९ का वडा अध्यक्ष गणेश त्यात, नेक्रायुसङ्घका मीन बाटा तथा नेमकिपा चाँगुनारायणका अध्यक्ष न्हुच्छेभक्त फाेँजुलगायतले निर्वाचनलाई वर्गीय हिसाबले उपयोग गर्नुपर्ने चर्चा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको