सोमवार, माघ २६, २०८२

11.1 C
Bhaktapur
सोमवार, माघ २६, २०८२
11.1 C
Bhaktapur
HomeNews Contentसमाचारसामाजिक विषयमा आधारित तीन वृत्तचित्र तथा लघु–चलचित्र निर्माण गरिने

सामाजिक विषयमा आधारित तीन वृत्तचित्र तथा लघु–चलचित्र निर्माण गरिने

भक्तपुर । ऐतिहासिक, सामाजिक तथा मानवीय विषयवस्तुमा निरन्तर चलचित्र निर्माण गर्दै आएको हेरिटेज मुभिज नेपाल (Heritage Movies Nepal) ले सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित तीन वटा वृत्तचित्र तथा लघु–चलचित्र निर्माण गरी समाजमा अर्पण गर्ने भएको छ।

संस्थाले यसअघि निर्माण गरेको ‘काठमाण्डौ एउटा सङ्कटापन्न सभ्यताको कथा’ (Kathmandu: A Tale of Toils of a Sinking Civilization) ले काठमाण्डौ सभ्यताले भोगिरहेको संकट र सम्भावित समाधानलाई उजागर गरेकाे थियाे । उक्त लघु चलचित्रले देश–विदेशबाट प्रशंसा तथा पदक प्राप्त गरिसकेको छ। त्यसैक्रममा अङ्गदानसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले हालै निर्माण सम्पन्न गरिएको ‘अङ्ग–दान’ (Organ Donation: The Facts, The Faces and The Future) वृत्तचित्र तथा ‘पुनर्जन्म’ (The Rebirth: Life After the Last Breath) लघु–चलचित्रप्रति दर्शक र शुभचिन्तकबाट प्राप्त अपार स्नेहप्रति संस्थाले कृतज्ञता व्यक्त गरेको छ।

उक्त उत्साह र प्रेरणाबाट अघि बढ्दै हेरिटेज मुभिज नेपालले यस पटक तीन महत्वपूर्ण सामाजिक विषयमा आधारित चलचित्र निर्माण गरेको जानकारी दिएको छ।

निर्माण गरिएका चलचित्रहरूमा ‘अर्बुदरोग : विश्वव्यापी महामारी, नेपालको सन्दर्भ’ (Cancer: A Worldwide Disease, A Nepalese Perspective – From Local Realities to Global Solutions), ‘REBORN ON EVEREST: A Story of Life, Organ Donation, and the Highest Summit’ बाबुबाट प्राप्त मृगौलाको अङ्गदानपछि नयाँ जीवन पाएका कीर्तिमानी आरोही पेम्बा शेर्पाले सगरमाथा चढ्दै अङ्गदानको झण्डा गाडेर विश्व कीर्तिमान कायम गरेको संघर्ष र विजयगाथामा आधारित बायोपिक वृत्तचित्र र ‘एकतीसौँ दिन’ (The 31 Day) सम्पन्न सन्तान हुँदाहुँदै पनि सन्तानबाट एक्लो र परित्यक्त जीवन बिताउन बाध्य बाबुआमाको पीडादायी यथार्थ उजागर गर्ने सामाजिक लघु–चलचित्र रहेका छन् ।

संस्थाले यी चलचित्रहरू मार्फत मानव समाज, संवेदना र सभ्यताको उन्नयनमा योगदान पुर्याउने विश्वास लिएको जनाएको छ। साथै, आगामी दिनमा पनि यस्ता ऐतिहासिक तथा सामाजिक विषयमा आधारित सिर्जनात्मक प्रयासका लागि सहयोगी संघसंस्था, शुभेच्छुक तथा महानुभावहरूको निरन्तर सदाशयता र सहयोग प्राप्त भइरहने अपेक्षा व्यक्त गरेको छ।

प्रेस वक्तव्यमा हेरिटेज मुभिज नेपालका लेखक तथा कार्यकारी निर्देशक ओमचरण अमात्यले सामाजिक उत्तरदायित्व बोकेका चलचित्रहरू समाजमा संवाद र चेतनाको माध्यम बन्ने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको