सोमवार, माघ २६, २०८२

11.1 C
Bhaktapur
सोमवार, माघ २६, २०८२
11.1 C
Bhaktapur
HomeNews Contentखोेज/फिचरभक्तपुर : बाल कल्याणमा शीर्ष स्थानमा

भक्तपुर : बाल कल्याणमा शीर्ष स्थानमा

भक्तपुर । बालबालिकाको अवस्था मूल्याङ्कन गर्ने सूचकांक बाल अवस्था सूचकांकका अनुसार देशभरिका स्थानीय तहमध्ये भक्तपुर नगरपालिका शीर्ष स्थानमा रहेको छ। राष्ट्रिय तथ्यांक कार्यालयकाे तथ्यांक अनुसार, भक्तपुर नगरपालिकाले ०.८५७ अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। ( तथ्यांक कार्यालयले हालै प्रतिवेदन सार्वजनिक गरेको हाे ।)

दोस्रो स्थानमा बुढानीलकण्ठ नगरपालिका (०.८५०) र तेस्रोमा कागेश्वरी मनहरा नगरपालिका (०.८४९) रहेका छन्। शीर्ष १० स्थानीय तहमध्ये ८ नगरपालिका बागमती प्रदेशका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका देशभरिका स्थानीय तहमध्ये चाैथाे र मध्यपुरथिमि नगरपालिका साताैं स्थानमा रहेको छ ।

भक्तपुरका अन्य पालिकाहरूमा बालबालिकाकाे अवस्थामा सूर्यविनायककाे ०.८४२, मध्यपुरथिमि नगरपालिकाकाे ०.८३३ र चाँगुनारायण नगरपालिकाकाे ०. ८१५ अङ्क रहेको छ ।

बालकल्याण सुधारको लागी शिक्षा, स्वास्थ्य, सुरक्षा र सामाजिक सेवामा लगानीले बाल अवस्था सूचकांकमा प्रत्यक्ष प्रभाव पार्दछ।

नाेट : तस्बिर, भक्तपुरको कमलिवनायकस्थित राेम्वस सेकेण्डरी स्कूलका विद्यार्थीहरूकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको