आइतवार, माघ ४, २०८२

18.1 C
Bhaktapur
आइतवार, माघ ४, २०८२
18.1 C
Bhaktapur
HomeNews Contentसमाचारसत्ता लोभमा बनेका असैद्धान्तिक गठबन्धनले देशलाई भड्खालोतर्फ धकेल्दैछन् : सुवाल

सत्ता लोभमा बनेका असैद्धान्तिक गठबन्धनले देशलाई भड्खालोतर्फ धकेल्दैछन् : सुवाल

भक्तपुर । जसरी भए पनि सरकारमा पुग्ने उद्देश्यले विचार, सिद्धान्त र कार्यक्रम नमिल्ने राजनीतिक दलहरूबीच बनाइँदै आएका असैद्धान्तिक दलीय गठबन्धनले देशलाई थप भड्खालोतर्फ धकेलिरहेको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले बताएका छन् । सत्ता प्राप्तिलाई केन्द्रमा राखेर गरिने यस्तो एकताबाट न त जनताको अपेक्षा पूरा हुने, न त देशमा वास्तविक परिवर्तन सम्भव हुने उनले स्पष्ट पारे ।

भक्तपुर ईट्टा उद्योग व्यवसायी संघको ३० औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा प्रमुख वक्ताका रूपमा बोल्दै सचिव सुवालले पछिल्लो समय राजनीतिक दलहरूबीच देखिएको सत्ताकेन्द्रित एकतालाई कडा शब्दमा आलोचना गरे । उनले विचार र सिद्धान्तभन्दा पद, सत्ता र स्वार्थलाई प्राथमिकतामा राखेर गरिने राजनीतिक एकताले लोकतान्त्रिक मूल्य–मान्यता कमजोर बनाउने बताए ।

“देश र जनताको हितलाई केन्द्रमा राखेर राजनीति हुनुपर्ने हो, तर आज धेरै नेताहरू जसरी भए पनि सरकारमा पुग्ने दाउमा सिद्धान्त नै त्याग्न तयार देखिन्छन्,” सुवालले भने, “यस्ता असैद्धान्तिक गठबन्धनबाट न देशले निकास पाउँछ, न जनताले अनुभूत गर्ने खालको परिवर्तन आउँछ ।”

उनले सत्ता प्राप्तिका लागि गरिने सम्झौता र लेनदेनमुखी राजनीतिले नीति निर्माण प्रक्रियालाई दिशाहीन बनाउने, राजनीतिक अस्थिरता बढाउने र अन्ततः जनतामा राजनीतिप्रति वितृष्णा पैदा गर्ने बताए । असिद्धान्तिक एकताले अल्पकालीन लाभ त दिन सक्छ, तर दीर्घकालीन रूपमा यसले देशलाई संकटतर्फ धकेल्ने सुवालको भनाइ थियो ।

कार्यक्रममा भक्तपुर ईट्टा उद्योग व्यवसायी संघका कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, इँटा व्यवसायी विश्वराम कवां, आशराम वैद्यलगायतले इँट्टा उद्योगी व्यवसायीले भोग्दै आएका समस्या र चुनौतीबारे धारणा राखे । उनीहरूले उत्पादन लागत वृद्धि, श्रमिक अभाव, कच्चा पदार्थको समस्या र नीतिगत अस्पष्टताका कारण इट्टा उद्योग कठिन अवस्थामा पुगेको बताए । राजनीतिक स्थिरता र स्पष्ट औद्योगिक नीति बिना उत्पादनशील क्षेत्र टिक्न नसक्ने उनको भनाइ थियो ।

साधारणसभामा सहभागी ईट्टा उद्योगी व्यवसायीहरूले उत्पादनमुखी अर्थनीति, स्थिर सरकार र उद्योगमैत्री वातावरणको माग गरेका छन् ।

कार्यक्रममा आयाेजक संघका अध्यक्ष नातिभाइ ह्याेम्बाले माटाे व्यवस्थापनमा सहजीकरण गर्न इँट्टा व्यवसायीकाे माग गरेका थिए ।

कार्यक्रममा वातावरणविद् भूषण तुलाधरले इँट्टा उद्याेगहरू प्रविधििमैत्री बन्दै गएको चर्चा गर्दै प्रदूषण नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको