आइतवार, माघ ४, २०८२

18.1 C
Bhaktapur
आइतवार, माघ ४, २०८२
18.1 C
Bhaktapur
HomeNews Contentसमाचारदबुली नेपालद्वारा चार पुस्तक विमोचन : चार स्रष्टा सम्मान

दबुली नेपालद्वारा चार पुस्तक विमोचन : चार स्रष्टा सम्मान

भक्तपुर । दबुली नेपालले संस्कृतिकर्मी, साहित्यकार तथा कलाकार गणेशराम लाछीद्वारा लिखित चार पुस्तकको विमोचन गरेको छ। सोही कार्यक्रममा नेपाली साहित्यमा चार दशकभन्दा लामो समयदेखि योगदान दिँदै आएका चार जना वरिष्ठ स्रष्टालाई सम्मान गरिएको छ।

सम्मानित हुने साहित्यकारहरूमा पोखराका तीर्थ श्रेष्ठ, भक्तपुर गुन्डुका अभय श्रेष्ठ, पनौतीका सूर्यप्रसाद लाकोजु र मध्यपुर लोकन्थलीका रत्न प्रजापति रहेका छन्। उनीहरूलाई ढाका टोपी, दोसल्ला र कदरपत्र प्रदान गरिएको हो। कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के. सुन्दर र भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धरले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।

लेखक लाछीले आफ्नो मातृभाषा नेपालभाषामा “हेङ्ग्वा: जुम्ह मनु” (उपन्यास) र “कयता तंम्ह नेवा” (नाटक) तथा नेपाली भाषामा “सिक्किम : यात्राको सेरोफेरो” (संस्मरण) र “अमूर्त सम्पदाभित्र” (सांस्कृतिक लेख) गरी चार पुस्तक सार्वजनिक गरेका छन्।

लाछीका यसअघि नै १८ वटा पुस्तक प्रकाशित भइसकेका छन्।
मध्यपुरस्थित दबुली नेपालद्वारा आयोजित समारोहमा नेपाली साहित्यका विभिन्न विधामा लामो समयदेखि सक्रिय साहित्यकारहरूको योगदानको कदर गर्दै तथा भविष्यमा मातृभाषामा साहित्य सिर्जना गर्न प्रोत्साहन गर्ने उद्देश्यले ‘तेजकृष्ण–नानिमाया लुमन्ति हना’ बाट चार स्रष्टालाई सम्मान गरिएको दबुली नेपालका अध्यक्ष ई. सन्तोष प्रजापतिले बताए।

दबुली नेपालले २०७४ सालदेखि नेपाली कला–संस्कृति, भाषा, इतिहास–परम्परा तथा लोक वाद्यवादनको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, साहित्यकार, संस्कृतिकर्मी तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको