आइतवार, माघ ४, २०८२

18.1 C
Bhaktapur
आइतवार, माघ ४, २०८२
18.1 C
Bhaktapur
HomeNews Contentशिक्षाईडेन गार्डेन शैक्षिक प्रदर्शनी–२०८२ सम्पन्न

ईडेन गार्डेन शैक्षिक प्रदर्शनी–२०८२ सम्पन्न

भक्तपुर ।सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित ईडेन गार्डेन इङ्ग्लिस स्कुलको आयोजनामा “ईडेन गार्डेन शैक्षिक प्रदर्शनी–२०८२” सफलतापूर्वक सम्पन्न भएको छ।

विद्यार्थीहरूमा निहित विज्ञान, सामाजिक अध्ययन तथा चित्रकलासँग सम्बन्धित सिर्जनशीलता, नवप्रवर्तनशील सोच र अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रदर्शनी शैक्षिक रूपमा अर्थपूर्ण र उपलब्धिमूलक रहेको विद्यालयले जनाएको छ।

विद्यालयस्तरमै विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने, अनुसन्धानमुखी सोच विकास गर्ने, सिर्जनशील अभिव्यक्ति प्रस्तुत गर्ने तथा आत्मविश्वासका साथ आफ्ना विचार सार्वजनिक रूपमा राख्न सक्ने क्षमता विकास गराउने उद्देश्यसहित प्रदर्शनी आयोजना गरिएको हो।

शैक्षिक प्रदर्शनीमा करिब ६५० भन्दा बढी अभिभावकहरूको सहभागिता रहेको थियो। अभिभावकहरूले विद्यार्थीहरूको आफ्नै सोच, सिर्जना, परिश्रम र कल्पनाशीलताका आधारमा तयार पारिएका विज्ञानका प्रयोगात्मक सामग्री, सामाजिक अध्ययनसम्बन्धी परियोजनाहरू तथा विविध कलात्मक सामग्री अवलोकन गरेका थिए।

कार्यक्रम सफल बनाउन मेहनत गरी सामग्री तयार गर्ने विद्यार्थीहरू, निरन्तर मार्गदर्शन प्रदान गर्ने शिक्षक–कर्मचारीहरू तथा प्रदर्शनी अवलोकन गरी विद्यार्थीहरूको मनोबल बढाउन सहभागी अभिभावकहरूप्रति विद्यालय परिवारले धन्यवाद व्यक्त गरेको छ।

प्रदर्शनीबारे प्रतिक्रिया दिँदै विद्यालयका सह–प्रिन्सिपल अनिश राईले यस्ता शैक्षिक गतिविधिले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान, सिर्जनशील सोच, समस्या समाधान गर्ने क्षमता र आत्मविश्वास विकास गर्न सहयोग पुग्ने बताए। यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ व्यवस्थित रूपमा निरन्तरता दिइने विद्यालयको लक्ष्य रहेको जानकारी दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको