आइतवार, माघ ४, २०८२

18.1 C
Bhaktapur
आइतवार, माघ ४, २०८२
18.1 C
Bhaktapur
HomeUncategorizedनेसनल प्याव्सन भक्तपुरद्वारा विज्ञान विषयको अभिमुखीकरण

नेसनल प्याव्सन भक्तपुरद्वारा विज्ञान विषयको अभिमुखीकरण

भक्तपुर । नेशनल प्याब्सन भक्तपुरले आगामी एसईई-२०८२ मा सम्मिलित हुने विद्यार्थीहरूका लागि आयोजना गरेको अनिवार्य विज्ञान विषय परीक्षा अभिमुखीकरण कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्लाभरका दर्जनौं स्कूलका विद्यार्थी र शिक्षकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरकी प्रमुख श्री कमला ज्ञवालीले विद्यार्थीहरुलाई योग र अध्यात्मसँग जोडेर सिकाई क्रियाकलाप गर्नु पर्ने बताउदै हरेक दिन पढ्नु अघि ध्यान गर्ने, तनावबाट मुक्त हुने, स्वतन्त्र हुने तर बदमास नगर्ने, नतिजा परीक्षाको लागि नभई जीवन जिउने कला सिक्न अध्ययन गर्नु पर्ने जस्ता ज्यादै प्रेरणादायी अभिव्यक्ति दिनु भएको थियो । छात्र–छात्रालाई परीक्षा तयारीमा वैज्ञानिक विधि, आत्मविश्वास र नियमित ध्यान सँगसँगै अभ्यास गर्न शुभेच्छा दिइनण ।

त्यस्तै, विज्ञान विषयका विज्ञ डा. चिन्तामणि पन्थीले विद्यार्थीहरूलाई प्रभावकारी अध्ययन सीप, मनोबल र समय व्यवस्थापन तथा परीक्षामा विज्ञान विषयको कस्ता प्रश्नहरुमा कसरी उत्तर लेख्ने, उत्कृष्ट नतिजाको लागि विज्ञान विषयको सिकाईमा शिक्षकले विद्यार्थीहरुलाई कसरी सहभागि गराउने जस्ता प्रेरणादायी अभिमुखीकरण गरेका थिए । उनकाे प्रस्तुतिलाई विद्यार्थीहरूले अत्यन्तै उपयोगी र उत्साहवर्धक रहेको प्रतिक्रिया दिएका थिए ।

कार्यक्रमलाई सफल बनाउन सक्रिय सहभागिता जनाउने सबै विद्यालयहरूप्रति नेशनल प्याब्सन भक्तपुरले आभार व्यक्त गरेको छ। साथै कार्यक्रमका सभापति एवं नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले आफ्ना सदस्य विद्यालयका विद्यार्थीहरुको एसईई तयारीलाई प्रभावकारी बनाउने उद्देश्यसहित गत कार्तिक महिनामा अनिवार्य गणित विषयको र आगामी पौष महिनामा अनिवार्य सामाजिक विषयको अभिमुखीकरण गरिने जानकारी दिए । कार्यक्रममा ओएसिस पब्लिकेशन, सत्य शक्ति पुस्तक भण्डार, सेराटन बैंक्वेट र मन्त्र साउन्डले सहजीकरण गरेकाले धन्यवाद ज्ञापन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको