भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको आयोजनामा सञ्चालित अन्तर विद्यालय खेलकुद प्रतियोगिता–२०८२ चार दिनको रोमाञ्चक प्रतिस्पर्धापछि सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको हाे ।मंसिर १५ गतेदेखि सुरु गरिएको प्रतियोगितामा भक्तपुरका विभिन्न विद्यालयका विद्यार्थीहरूले फुटसल, भलिबल, व्याडमिन्टन र टेबल टेनिसमा उत्साहजनक प्रतिस्पर्धा गरेका थिए।
माध्यमिक तह – छात्र फुटसल
माध्यमिक तहको छात्र फुटसलमा यूनिटी स्कुल विजेता बन्न सफल भयो।
द्वितीय: ऋतम्भरा पाठशाला
तृतीय: इडेन गार्डेन
सान्त्वना: मदरल्याण्ड स्कुल
फेयर प्ले टिम: आरक्षण नेसनल स्कुल
उत्कृष्ट खेलाडी: कुमार सुनारी मगर (यूनिटी)
उत्कृष्ट गोलकिपर: आशिष लुइटेल (ऋतम्भरा)
सर्वाधिक गोलकर्ता: विपिन खड्का (इडेन गार्डेन)
आधारभूत तह – छात्र फुटसल
आधारभूत तहमा इडेन गार्डेन स्कुल विजयी रह्यो।
द्वितीय: पाथिभरा एकेडेमी
तृतीय: मदरल्याण्ड स्कुल
सान्त्वना: ऋतम्भरा पाठशाला
फेयर प्ले टिम: जागृति विद्या सदन
उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ता: अनिश मगर (इडेन गार्डेन)
उत्कृष्ट गोलकिपर: मल्लभ जंङ्ग थापा (पाथिभरा)
माध्यमिक तह – छात्रा भलिबल
छात्रा भलिबलमा ग्लीटर फ्यूचर स्कुलले उपाधि हात पार्यो।
द्वितीय: ऋतम्भरा पाठशाला
तृतीय: आरक्षण नेसनल एकेडेमी र इडेन गार्डेन (संयुक्त)
फेयर प्ले टिम: मदरल्याण्ड स्कुल
माध्यमिक तह – व्याडमिन्टन (छात्रा)
प्रथम: सेलेस्टिना कार्की (आरक्षण नेसनल स्कुल)
द्वितीय: अभि खत्री (ऋतम्भरा पाठशाला)
तृतीय: प्रतिज्ञा नेपाली (मदरल्याण्ड) एवं सजिना प्रधानाङ्ग (पाथिभरा)
माध्यमिक तह – व्याडमिन्टन (छात्र)
प्रथम: आशिष लुइटेल (ऋतम्भरा)
द्वितीय: कृष्टोफे थापामगर (पाथिभरा)
तृतीय: सोहित तामाङ (ग्लीटर फ्यूचर) र कसम कोइराला (आरक्षण नेसनल)
उदयमान खेलाडी:
दिप्सन कार्की (इडेन गार्डेन)
ह्यागंसिका राई (जागृति विद्या सदन)
माध्यमिक तह – टेबल टेनिस
टेबल टेनिसमा पनि ऋतम्भरा पाठशालाका आशिष लुइटेल विजेता बने।
उपविजेता: रविन भट्ट (मदरल्याण्ड)
तृतीय: समीर पुरी (यूनिटी) र उज्ज्वल कार्की (जागृति स्कुल)
उदयमान खेलाडी: अभिरल श्रेष्ठ (इडेन गार्डेन)
खेलकुदमा उत्साहजनक सहभागिता
नेसनल प्याव्सन भक्तपुरका कार्यसमिति सदस्य तथा खेलकुद मेला संयोजक अनिश राईले विद्यार्थीको उत्साहजनक सहभागिताले प्रतियोगिता सफल र प्रभावकारी भएको बताए।
विजेता खेलाडीहरूलाई प्रमाणपत्र, ट्रफी तथा मेडल प्रदान गर्दै नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले विद्यालयस्तरमै यस्ता प्रतियोगिताले विद्यार्थीको शारीरिक, मानसिक तथा नेतृत्व विकासमा ठूलो टेवा पु¥याउने विश्वास व्यक्त गरे। साथै, भविष्यमा राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडी उत्पादनमा यसले सहयोग पुर्याउने उनले उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन सहयोग गरेका सम्पूर्ण विद्यालय, प्रशिक्षक, अभिभावक तथा सहकार्य संस्थाप्रति धन्यवाद व्यक्त गरे।
