शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentसमाचारकाम छ भनी बाेलाएर वडा सदस्यमाथि आक्रमण

काम छ भनी बाेलाएर वडा सदस्यमाथि आक्रमण

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ७ वागेश्वरीका वडा सदस्यमाथि आक्रमण भएको छ ।

वडा सदस्य पुष्कर खड्कामाथि आइतबार दिउँसो ३.३० बजेकाे समयमा अज्ञात व्यक्तिहरूले आक्रमण गरेका महानगरीय प्रहरी प्रभाग जगातिले जनाएको छ । समूहले `एकछिन काम छ भनी बोलाई´ निर्घात कुटपिट गरी घाइते बनाएको खुलेकाे प्रहरीले जनाएको छ ।

प्रहरीले वडा सदस्यमाथि आक्रमण हुनुमा जग्गा सम्बन्धी विवाद भन्ने खुलेकाे जनाएको छ । घाइते खड्काकाे मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । आक्रमणबाट खड्काकाे दायाँ आँखाकाे डिल सुन्निएकाे छ ।

आक्रमणकारी सिन्धुपाल्चोक घर भई हाल राधेराधे बस्दै आएका भन्ने जानकारी दिएको प्रहरीले नाम भने खुलाउन नमिल्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको