शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentखोेज/फिचरभक्तपुरको ग: हितिमा भेटियाे यक्ष मल्लकाे ने. सं. ५९७ काे वामन- केशवमूर्ति

भक्तपुरको ग: हितिमा भेटियाे यक्ष मल्लकाे ने. सं. ५९७ काे वामन- केशवमूर्ति


भक्तपुर । धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक नगरी भक्तपुरको ग: हितिमा यक्ष मल्लकाे ने. सं. ५९७ काे वामन- केशवमूर्ति फेला परेको छ ।

भक्तपुर नगरपालिका वडा नं. ४ ग: हिति चाेककाे इनारसँगै उक्त मूर्ति फेला परेकाे हाे । साे मूर्ति गत असार २१ गते फेला परेको स्थानीयले जानकारी दिए । स्थानीयका अनुसार ग: हिति टाेलकाे चाेकमा ढुङ्गा छाप्ने क्रममा मूर्तिसहितकाे शिलालेख भेटिएको हाे ।

ग: हिति चाेककाे माझमा एउटा ठूलाे इनार छ । साेही इनारकाे पश्चिमपट्टिकाे भागमा ढुङ्गा छाप्ने क्रममा खन्दा पुरिएको अवस्थामा नारायणकाे मूर्ति र शिलालेख भेटिएको हाे´, साे वडाका वडा सदस्य पुरूषाेत्तम तमखुले भने । उक्त मूर्तिकाे पादपीठमा यक्षमल्लकाे नेपाल संवत् ५९७ काे अभिलेख उत्कृण भएकाे र साे मूर्ति शक्तिसहितका ( कीर्ति र लक्ष्मी) चतुर्बाहु वामन केशवमूर्ति रहेकाे अध्ययन र अनुसन्धानकाे क्रममा खुलेकाे इतिहास अन्वेषणकर्ता प्रा. डा. पुरूषाेत्तमलाेचन श्रेष्ठले जानकारी दिए ।

साे अभिलेखकाे लिपि नेपालभाषा र भाषा संस्कृत रहेकाे उल्लेख गर्दै उनले अभिलेखकाेए´ कार अक्षरमा भुजिँमाेल लिपिकाे प्रभाव स्पष्ट देखिएको जनाए ।

अभिलेखकाे लिप्यन्तर समेत गरिसकेका प्रा. डा. श्रेष्ठले दिवंगत प्रधानकाे स्मृतिमा, वैकुण्ठ वासकाे कामना गरि ने. सं. ५९७ मा कीर्ति र लक्ष्मीसहितकाे वामन केशवकाे मूर्ति स्थापना गरिएको थाहा हुन आएको जनाए । भक्तपुर मासिकमा लेख प्रकाशन गरी उक्त मूर्ति र अभिलेखबारे जानकारी दिएका उनले भने, ` अभिलेखमा आएकाे वामन केशव र तदनुसारकाे मूर्तिले ग: हितिटाेल वामनतीर्थकाे रूपमा रहिआएको दृष्टिगाेचर हुन्छ । वामन केशवका शक्ति कीर्ति र लक्ष्मी हुन् जुन भाव अर्थका दृष्टिले यक्षमल्लकी रानी कीर्तिलक्ष्मीकाे पनि स्मरण हुन्छ ।´

यसैगरी साे स्थानबाट हितिमंग र रतासनका मूर्ति समेत पाइएको छ । अन्वेषणकर्ता प्रा. डा. श्रेष्ठले ढुंगामा रहेका रतासनका ती मूर्तिहरू विरलै पाइने सम्पदा रहेकाे जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको