आइतवार, माघ ४, २०८२

18.1 C
Bhaktapur
आइतवार, माघ ४, २०८२
18.1 C
Bhaktapur
HomeNews Contentखोेज/फिचरभक्तपुरका `चिया र भट्टी´ पसलमा माैलाउँदै वेश्यावृत्ति! (स्थलगत)

भक्तपुरका `चिया र भट्टी´ पसलमा माैलाउँदै वेश्यावृत्ति! (स्थलगत)


भक्तपुर । साँझ ५ बजेको मध्यतिर सल्लाघारीका एक चिया पसल नजिक जाँदा सामान्य जस्तो देखिने पसलमा अब नयाँ रूप देखियो । धुम्मिन लागेको साँझमा पसल अगाडिको मोटरसाइकल रोकेर आएका दुई युवक चुपचाप भित्र पसे र केही समयमै एक युवतीसँग निस्कीए । ‘यसरी साँझपख यहाँ के-के हुन्छ?’ भनेर सोध्दा नजिकैका एक स्थानीयले भने, “यहाँ त चिया मात्र पाइन्छ, सर”, तर उनको हाउभाउले सबै कुरा बुझिन्थ्यो।


इतिहासले भरिएको यो शहर जहाँ ढुंगाका देवता र संस्कृतिले बोल्ने वातावरण छ, त्यही शहरका केही कुनाकाप्चामा यतिबेला मौलाउँदै गएको छ मौन व्यापार — चिया र भट्टी पसलको आडमा चल्ने अवैध वेश्यावृत्ति।


सामान्य चिया पसलजस्तै देखिने ती ठाउँहरू साँझपख रूप बद्लिन्छन् । साना कोठे, भित्तामा ज्योति, भित्र सामान्य बेन्च र बाहिर लेखिएको ‘चिया मात्र पाइन्छ’ — तर भित्र भित्रै आउने ग्राहकलाई भने ‘अरु कुरा पनि मिल्छ’ भन्ने संकेत । केही युवकहरु ‘पुराना ग्राहक’ भन्दै सहज प्रवेश गर्छन्, र पसलपछाडिको ढोकाबाट युवतीलाई सिधै लिन्छन्।


स्थानीय किशोरीरू र गाउँबाट कामको बहानामा ल्याइएका महिलाहरूलाई पसल सञ्चालकले ‘काम’ गराउने गरेको खुलेको छ। एक जना युवतीले नाम नबताउने शर्तमा भनिन्, “म सुरुमा काम गर्न भनेर आएको, अहिले यिनले जबरजस्ती यस्तो काम गराउँछन्। बाहिर त चिया पसल जस्तो देखिन्छ, भित्र जे हुन्छ त्यो सबैलाई थाहा छ।”


पसलसँगै सानो कोठा, जहाँ ‘आरामको कोठा’ भनेर भित्र डोर्‍याइन्छ । केटीको मेनु ‘भित्र’ मात्र भनिन्छ । दिनभर सामान्य व्यापार भए पनि साँझपख गुप्त रुपमा ‘केटीको व्यवस्था’ मिलाइन्छ । कतिपयलाई ८–१० युवतीसम्म यहाँ बसेको कुरा पनि खुलेको छ।
स्थानीय भन्छन् — “सूर्यविनायकदेखि सल्लाघारीसम्म केही चिया पसलले यस्तो धन्दा चलाएका छन्।” तर प्रहरी त बेखबरझैँ छ। “हामीसँग लिखित उजुरी आएको छैन,” प्रहरीले भने पनि स्थानीयले प्रहरीकै मिलेमतो भएको आशंका व्यक्त गरेका छन्। भक्तपुरजस्तो सांस्कृतिक शहरमा यसरी खुलेआम वेश्यावृत्ति चिया र भट्टी पसलको आडमा मौलिनु गम्भीर समस्या हो। कुनै नियमन बिना रातपिच्छे भैरहेको यो गुप्त धन्दा सामाजिक तथा कानुनी दृष्टिले चाँडै नियन्त्रण गर्नु आवश्यक छ।
विस्तृत चाँगुपत्र साप्ताहिकमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको