- हरिसुन्दर छुकां
भक्तपुर । भक्तपुरकाे महेन्द्रग्राम माध्यमिक विद्यालयकी छात्रा गाेमा श्रेष्ठलाई लाई विद्यालयलाई नगद रू. ५० हजार दिने भएकाे छ ।
माध्यमिक शिक्षा परीक्षा कक्षा १० ( एसईई) मा ४ जिपिए हासिल गरेकी उनकाे पढाइमा टेवा पुर्याउन विद्यालयले नगद दिने घाेषणा गरेकाे हाे । गरीबीका बाबजुद पनि निकै संघर्ष गरि अध्ययन गरि उत्कृष्ट नतिजा हासिल गरेकी उनकाे समाचार अहिले भाइरल भएकाे छ ।
उनले पढाइका लागि गरेकाे संघर्ष र उनको पठन शैलीबारे चाँगुपत्र र भक्तपुर टाइम्सले भिडियाेसहितकाे समाचार बनाएको थियाे । साेही समाचार राष्ट्रिय मिडियामा समेत छाएको थियाे ।

समाचार व्यापक बनेपछि उत्कृष्ट नतिजा हासिल गरेकी गाेमालाई धेरै सहयाेगकाे कुराआइरहेकाे छ । यी विषय आएसँगै महेन्द्र ग्राम माविले आफ्नो सामाजिक सञ्जालमार्फत गाेमाकाे उच्च शिक्षा र उनलेे लिएकाे लक्ष्य पूरा गर्न दीर्घकालीन काेषकाे जरुरत भएकाे जनाएको छ । स्कूलले साेही आवश्यकता पूरा गर्न काेषकाे अवधारणा सार्वजनिक गरेको छ ।
विद्यालयले सामाजिक सञ्जालमा उसलाई ११-१२ पढ्न त विद्यालयहरुले नै निशुल्क पढाउने कुरा छ । यदि साँच्चै सहयाेग गर्ने हाे भने कक्षा १२ पछि पढ्न काेष स्थापना गराैं । स्कलरसीपमै MBBS पढेपनि बस्न, सामानहरु किन्न ८-१० लाख लाग्छ । यसकाे लागि विद्यालयले पनि भाद्र १७ गते वार्षिकोत्सबमा रु ५०,०००/- (पचास हजार) पुरस्कार दिएर यसमा सहयाेग गर्दैछ ।´ भन्दै काेष निर्माणका लागि सहयाेग गर्न अनुरोध गरेकाे छ । विद्यालयकाे अनुराेध छ :आउनुस राम्रो कामकाे लागि हातेमालो गराैं ।´
गाेमाकाे संघर्षको कथा, लक्ष्य, पठनहैलीबारे समाचार चाँगुपत्र साप्ताहिक र भक्तपुर टाइम्समा पढ्न, हेर्न सक्नुहुन्छ ।
