शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeUncategorizedमिराकल स्कूलद्वारा वृक्षरोपण र प्रभातफेरि

मिराकल स्कूलद्वारा वृक्षरोपण र प्रभातफेरि

भक्तपुर । भक्तपुरको बालकाेटस्थित मिराकल स्कूलले विश्व वातावरण दिवस २०८२ को अवसरमा वृक्षरोपण तथा प्रभातफेरि कार्यक्रम गरेकाे छ ।

सूर्यविनायक नगरपालिका वडा नं. २ बालकाेटकाे धारापाटीस्थित साे स्कूलले वातावरणप्रति सचेतना अभिवृद्धिका लागि स्कुल परिसरमा वृक्षारोपण तथा विद्यालयदेखि बालकोट रागिनी हाइटसम्म प्रभातफेरि कार्यक्रमको आयोजना गरेकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथि सूर्यविनायक नगरपालिका वडा नं.२ का वडाध्यक्ष प्रदिप कार्कीले विद्यालय प्राङ्गणमा विरुवा रोपी कार्यक्रमको उद्घाटन गर्दै वातावरणप्रति सबै सचेत हुनु पर्ने र एक आपसमा मिलेर यसको संरक्षण गर्नुपर्नेमा जाेड दिए । उनले नयाँ पुस्तालाई सानाे उमेरमै वातावरण संरक्षण र वृक्षरोपणकाे महत्त्वबारे सचेत गराउनुपर्ने उल्लेख गरे । उनले वातावरण संरक्षण र प्रदूषण नियन्त्रणकाे काम सबै वर्ग र क्षेत्रका मानिसको भएकाले वातावरणप्रती न्याय हुने गतिविधि गर्न अनुराेध गरेका थिए ।

विद्यार्थी, अभिभावक, शिक्षक-कर्मचारीहरुसँगै प्रमुख अतिथि कार्कीसमेत प्ले कार्ड सहित प्रभातफेरिमा सरिक भएका थिए । वातावरण सम्बन्धि विभिन्न सचेतना मूलक प्ले कार्डसहित विभिन्न नारा लगाउँदै विद्यालय प्राङ्गणबाट शुरु भई धारापाटी, बालकोट चोक, रागिनी हाईट हुँदै विद्यालय प्राङ्गणमा साे र्याली समापन गरिएको थियो।

उक्त कार्यक्रममा विद्यार्थीका अभिभावकहरुको उप्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमलाई समापन गर्दै विद्यालयका प्रिन्सिपल रामचन्द्र श्रेष्ठले वातावरण सबैकाे सराेकारकाे विषय भएकाले वातावरण जगेर्नाका लागि विद्यालयले उक्त कार्यक्रम आयाेजना गरेकाे बताए ।

उनले आगामी दिनमा पनि वातावरण र सामाजिक गतिविधि गर्ने याेजना रहेकाे बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको