शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentसमाचारविनायकमा शैक्षिक प्रदर्शनी

विनायकमा शैक्षिक प्रदर्शनी

मध्यपुर ठिमी भक्तपुर । मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले पूर्व प्रा वि तहमा शैक्षिक सामग्री प्रदर्शनी आयोजना गरेको छ । रूपान्तरित शिक्षा र प्रगतिशील सोचको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उक्त विद्यालयले शुक्रबार शैक्षिक प्रदर्शनी गरेको हो ।

पूर्व प्राथमिक तहमा अध्यापनरत शिक्षक शिक्षिकाहरूको संयोजन तथा पूर्व प्रावि तहमा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा उक्त कार्यक्रम भएको थियो ।
उक्त कार्यक्रम विद्यालयको पाटी बिहारस्थित प्रि ब्लकमा आयोजना गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिको सभापतित्वमा र अभिभावक डाक्टर दिनेश प्रजापतिको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रम विद्यालयकी पूर्व प्रावि तहकी शैक्षिक संयोजक पदमकेशरी श्रेष्ठले सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले सिकाइलाई बोझका रूपमा नलिई सहज र खेल्दा खेल्दै सिक्न सकेमा त्यो सार्थक सिकाइ हुने र त्यस्तो सिकाइ जीवनका लागि ,प्रगतिका लागि र उन्नतिका लागि महत्वपूर्ण हुने भएकाले विद्यालयले प्रगतिशील सोचको रुपान्तरित शिक्षा प्रदान
विद्यालयमा पूर्व प्रावि तहमा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक सत्र २०८१ को हालसम्म सिकेका कुराहरुलाई प्रदर्शनीमा राखिएको थियो । कार्यक्रममा सबैलाई स्वागत र धन्यवाद ज्ञापन गर्दै विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले शिक्षा किताबी ज्ञान मात्र नभई व्यवहार हो भएको र्चा गर्दै रूपान्तरित र युग अनुसारको शिक्षाले मात्र हरेक बालबालिका भोलिका दिनमा आत्मनिर्भर बन्न सक्ने कुरा बताए ।

पूर्व प्राथमिक तह र प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरूको बाक्लो उपस्थितिमा आयोजित उक्त कार्यक्रममा अभिभावकहरूले आफ्ना नानीहरूको सिकाइ उपलब्धि देखेर विद्यालय परिवार तथा आफ्ना नानीहरूको उज्ज्वल भविष्यका लागि अहोरात्र खट्ने शिक्षक शिक्षिकाहरुप्रति आभार प्रकट गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको