भक्तपुर । भक्तपुरको वि किड्स स्कुलको आयोजनामम भएको स्पोर्टस् कार्निभल ( खेल मेला) मा बालबालिकाहरू रमाएका छन् ।
सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजार हाइटमा अवस्थित उक्त विद्यालयले गरेको मेलामा बालबालिका रमाएका हुन् । ‘एक्प्लोर’, ‘लर्न’ र ‘ग्रो’ को प्रि स्कूलको थिममा रही सञ्चालनमा रहेको उक्त विद्यालयले बालबालिकामा अन्तरनिहित प्रतिभा उजागरमा सहयोग पुर्याउन सो कार्निभलको आयोजना गरेको थियो ।
कार्निभलमा प्ले किड्स र सिनियर किड्समा अध्ययनरत सबै विद्यार्थीले सहभागिता जनाएका थिए । कार्निभलमम विद्यार्थीको सर्वाङ्गीण विकासका लागि सहयोग हुने विभिन्न खेलहरू समावेश गरिएको थियो । कार्निभल माघ १३ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको थियो ।

सोही कार्निभलमा सहभागी तथा विजयी विद्यार्थीहरूलाई शुक्रबार सम्मानसँगै पुरस्कार प्रदान गरिएको छ । पुरस्कार पाएपछि विद्यार्थी थप खुसी भएका छन् । कार्निभलको समापन तथा पुरस्कार वितरण कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गीत र संगीतमम नृत्य प्रस्तुत गरेका थिए ।
अभिभावक सामु आफ्नो प्रतिभा प्रस्तुत गर्न पाएकामा विद्यार्थी दङ्ग परेका थिए भने विद्यार्थीको प्रतिभा हेरेका अभिभावक खुसी भएका थिए । कार्यक्रममा मनोपरामर्शदाता रमेश भुषालले वि किड्स स्कुलले बालबालिकाको पढाइ, लेखाइ र भविष्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहेको बताए । उनले सो स्कुलले छोटो समयमै बाल मनोविज्ञानमा आधारित भई अभिभावकहरुमो आवश्यकता पूरा गरिरहेको जनाए ।

कार्यक्रममा त्रिविका सहप्राध्यापक एवम् शिक्षाविद् विश्वममोहन जोशीले वि किड्सले शिक्षा र संस्कारलाई सँगै अघि लगिरहेको आफूले पाएको जनाउँदै शिक्षाले देशप्रेमको भावना विकासमा टेवा पुर्याउनुपर्नेमा जोड दिए । उनले पछिल्लो समय भाषामा आएको विचलनप्रति दुःख समेत जनाए ।
कार्यक्रममा जिल्ला सितोरियो कराते महासंघ भक्तपुरका महासचिव राजु बजिकोले विद्यार्थीको प्रतिभा उजागरका लागि वी किड्सको उदाहरणीय अभ्यास गरेको बताए । उनले विद्यार्थीलाई कार्यक्रम सञ्चालन गर्न लगाएर विद्यार्थीको नेतृत्व र क्षमता विकासका लागि अवसर प्रदान गरी उदाहरणीय काम गरेको बताए ।
विद्यालयकी प्रिन्सिपल मञ्जु दुवालले विद्यालयले गरिरहेको शैक्षिक अभ्यासमा जोडिएका सबै पक्षलाई धन्यवाद दिइन् ।