भक्तपुर, जेठ १६ । चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथलीको आयोजनामा परम्परागत खुल्ला बाँसुरी बाजा प्रतियोगिता–२०८३ शनिबार भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय मौलिक संस्कृति, परम्परागत बाँसुरी बाजा तथा सांगीतिक सम्पदाको संरक्षण, संवर्द्धन तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा उपत्यकाका विभिन्न क्षेत्रबाट आएका १३ टोलीका ३०० भन्दा बढी कलाकारहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँ रहेका थिए भने कार्यक्रमको सभापतित्व चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यातले गरेका थिए। प्रतियोगिताको संयोजन रविन बासुकलाले गरेका थिए।
प्रतियोगितामा भक्तपुर, काठमाडौं, चन्द्रागिरि, गोकर्णेश्वर, बालाजु, सूर्यविनायक लगायतका क्षेत्रका बाँसुरी बाजा टोलीहरूले आफ्नो कला, सीप र सांगीतिक परम्पराको उत्कृष्ट प्रस्तुति दिएका थिए। प्रतियोगितापछि निर्णायक मण्डलको मूल्याङ्कनका आधारमा बालाजुस्थित देवीस्थान बाँसुरी खल प्रथम घोषित भयो। प्रथम हुने टोलीले नगद रु. २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो।
त्यसैगरी चन्द्रागिरिस्थित झिगु नेवा बाँसुरी खल द्वितीय हुँदै नगद रु. २० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो। ताथलीस्थित खगां दाफा भजन खल तृतीय हुँदै नगद रु. १० हजार, ट्रफी र प्रमाणपत्रबाट सम्मानित भयो। सरस्वती खेलस्थित ससु माजु बाँसुरी खल ले सान्त्वना स्थान हासिल गर्दै नगद रु. ५ हजार र प्रमाणपत्र प्राप्त गर्यो।
यसैगरी अन्तिम चरणसम्म पुगेर निर्णायकहरूको छनोटमा पर्न सफल काठमाडौंको न्यूरोडस्थित पाको पुखध्या मानन्धर खल लाई प्रोत्साहनस्वरूप नगद रु. २ हजार ५ सय सहित प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष श्यामकृष्ण नायजु, चाँगुनारायण नगरपालिकाका पर्यटन शाखा प्रमुख गोकुल कार्की, सामाजिक विकास शाखाकी निलाकुमारी घिमिरे, नेमकिपा ताथलीका राजाराम छुकां तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्था, सहकारीलगायतकाे उपस्थिति रहेको थियो।
प्रतियोगिताको निर्णायक मण्डलमा शेषनारायण महर्जन, इन्दिरा लाछ्यासु र राजकुमार मानन्धर रहेका थिए भने कार्यक्रमको सञ्चालन हरिसुन्दर छुकांले गरेका थिए।
कार्यक्रमको विशेष आकर्षणका रूपमा ताथली धिमय् खल तथा खलःका वरिष्ठ धिमय्, भुछ्या र सिछ्यावादकहरूलाई विशेष सम्मान गरिएको थियो। वर्षौँदेखि स्थानीय सांगीतिक तथा सांस्कृतिक परम्पराको संरक्षण र निरन्तरताका लागि योगदान पुर्याउँदै आएका वादकहरूको सम्मानले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले बाँसुरी बाजा केवल मनोरञ्जनको माध्यम मात्र नभई नेवार समुदायको सांस्कृतिक पहिचान, सामाजिक एकता र ऐतिहासिक सम्पदासँग जोडिएको महत्वपूर्ण परम्परा भएको उल्लेख गरेका थिए। उनीहरूले यस्ता प्रतियोगिताले लोपोन्मुख बन्दै गएका परम्परागत बाजा संस्कृतिप्रति युवापुस्ताको आकर्षण बढाउनुका साथै सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
ताथली क्षेत्रलाई लामो समयदेखि बाँसुरी बाजाको महत्वपूर्ण केन्द्रका रूपमा चिनिँदै आएको छ। यस्ता सांस्कृतिक गतिविधिले स्थानीय कला, संस्कृति र परम्पराको जगेर्ना गर्दै समुदायबीच आपसी सद्भाव र सांस्कृतिक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताको नतिजा
प्रथम: देवीस्थान बाँसुरी खल, बालाजु — नगद रु. २५,०००, ट्रफी र प्रमाणपत्र
द्वितीय: झिगु नेवा बाँसुरी खल, चन्द्रागिरि — नगद रु. २०,०००, ट्रफी र प्रमाणपत्र
तृतीय: खगां दाफा भजन खल, ताथली — नगद रु. १०,०००, ट्रफी र प्रमाणपत्र
सान्त्वना: ससु माजु बाँसुरी खल, सरस्वती खेल — नगद रु. ५,००० र प्रमाणपत्र
विशेष प्रोत्साहन: पाको पुखध्या मानन्धर खल, न्यूरोड, काठमाडौं — नगद रु. २,५०० र प्रमाणपत्र
#ताथली #खुल्लाबाँसुरीबाजाप्रतियोगिता #बाँसुरीबाजा #चाँगुनारायण #भक्तपुर #नेवासंस्कृति #सांस्कृतिकसम्पदा #धिमय्खल #परम्परागतसंगीत #Bhaktapur #Tathali #Changunarayan




The graphics and sound effects on this site are amazing. It feels like I am in a real casino from the comfort of my home. xx777casino is legit!
I AM BACK AGAIN
The loyalty program treats us like actual guests rather than just numbers, I reached a higher tier in just a couple of weeks and the perks kept flowing without any mystery rules, it is rare to find this kind of respect online in90club
HI,I AM HERE AGAIN AND AGAIN