भक्तपुर । Golden Sungava English Secondary School ले एसईई २०८२ मा शतप्रतिशत नतिजासहित उत्कृष्ट सफलता हासिल गरेको छ । विद्यालयका अनुसार विद्यार्थी सुप्रोल बस्नेतले पूर्ण ४.०० जीपीए प्राप्त गर्दै चाँगुनारायण नगरपालिकामै नयाँ इतिहास रचेका छन् ।
विद्यालयले जनाएको अनुसार सुप्रोल श्रेष्ठ नगरपालिकाभित्र एसईईमा ४.०० जीपीए हासिल गर्ने पहिलो विद्यार्थी बनेका हुन् । यस उपलब्धिलाई विद्यालयले केवल व्यक्तिगत सफलता मात्र नभई समग्र दुवाकोट तथा चाँगुनारायणकै शैक्षिक गौरवका रूपमा लिएको छ ।
त्यस्तै, यस वर्ष १७ जना विद्यार्थीले A+ ग्रेड तथा २१ जना विद्यार्थीले A ग्रेड प्राप्त गरेका छन् । विद्यालयका सबै विद्यार्थी सफल भएसँगै यस वर्ष पनि शतप्रतिशत नतिजाको निरन्तरता कायम भएको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालयले यस सफलताको श्रेय विद्यार्थीहरूको मेहनत, अभिभावकको विश्वास र शिक्षकहरूको समर्पणलाई दिएको छ । साथै, आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
विद्यालयले नयाँ शैक्षिक सत्र २०८३ का लागि भर्ना खुला रहेको जानकारी पनि दिएको छ ।



