सोमवार, जेष्ठ ११, २०८३

27.1 C
Bhaktapur
सोमवार, जेष्ठ ११, २०८३
27.1 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रचाणक्य स्कुल एण्ड कलेजको शतप्रतिशत नतिजा : ३ विद्यार्थीले ल्याए ४.०० GPA

चाणक्य स्कुल एण्ड कलेजको शतप्रतिशत नतिजा : ३ विद्यार्थीले ल्याए ४.०० GPA

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजामा भक्तपुरस्थित चाणक्य स्कुल एण्ड कलेजले शतप्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक सफलता प्राप्त गरेको छ।

कलेजका अनुसार यस वर्ष कूल ८६ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए र सबै विद्यार्थी उत्तीर्ण भएका छन्।

नतिजामा कलेजका ३ जना विद्यार्थीले ४.०० GPA हासिल गर्दै सर्वोत्कृष्ट प्रदर्शन गरेका छन्। त्यस्तै ३४ जना विद्यार्थीले ३.६१ देखि ३.९९ GPA प्राप्त गरेका छन्।

यसैगरी २७ जना विद्यार्थीले ३.२१ देखि ३.६० GPA, १९ जना विद्यार्थीले २.८१ देखि ३.२० GPA र ३ जना विद्यार्थीले २.४१ देखि २.८० GPA प्राप्त गरेका छन्।

“Empowering your global competence” भन्ने नाराका साथ सञ्चालन भइरहेको कलेजले निरन्तर रूपमा शैक्षिक गुणस्तर कायम गर्दै आएको जनाएको छ।

कलेज प्रशासनका अनुसार यस वर्षको उत्कृष्ट नतिजा विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको निरन्तर सहयोगको परिणाम हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको