मङ्लबार, जेष्ठ १२, २०८३

29.1 C
Bhaktapur
मङ्लबार, जेष्ठ १२, २०८३
29.1 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रपारागन एकेडेमीद्वारा ‘भ्यालु एजुकेशन’ कार्यक्रम सम्पन्न

पारागन एकेडेमीद्वारा ‘भ्यालु एजुकेशन’ कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुरको कमलविनायकस्थित Paragon Academy (ई. से. बोर्डिङ स्कुल) ले ‘भ्यालु एजुकेशन’ सम्बन्धी विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयले नगरकोटस्थित Brahmakumaris Gyan Sarovar मा आयोजना गरेको कार्यक्रममा नैतिक शिक्षा, अनुशासन, सकारात्मक सोच, आत्मविश्वास तथा जीवनमा संस्कारको महत्वबारे प्रेरणामूलक प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यालयमा अध्यापनरत शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो । ब्रम्हकुमारी केन्द्रका सहजकर्ताहरूले शिक्षकहरूलाई मूल्यमा आधारित शिक्षा, सकारात्मक जीवनशैली, तनाव व्यवस्थापन, विद्यार्थीहरूसँगको व्यवहारिक सम्बन्ध तथा शिक्षण प्रक्रियामा मानवीय मूल्यको भूमिकाबारे सहजीकरण गरेका थिए ।

कार्यक्रमका क्रममा असल आचरण, जिम्मेवारीबोध, आत्मअनुशासन र नैतिक संस्कारले विद्यार्थीको व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विषयमा विशेष जोड दिइएको थियो । सहभागी शिक्षकहरूले यस्ता प्रशिक्षणले शिक्षण शैलीलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताएका थिए ।

विद्यालयका प्रिन्सिपल पुण्यराम कवांले वर्तमान समयमा केवल शैक्षिक उपलब्धिमात्र नभई विद्यार्थीमा मानवीय मूल्य, संस्कार र सकारात्मक सोचको विकास आवश्यक रहेको उल्लेख गरे । उनले विद्यालयले आगामी दिनमा पनि यस्ता व्यक्तित्व तथा मूल्य शिक्षासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने बताए ।

विद्यालय प्रशासनले यस्ता कार्यक्रमले शिक्षक तथा विद्यार्थी दुवैको व्यवहारिक तथा व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको