सोमवार, जेष्ठ ११, २०८३

29.1 C
Bhaktapur
सोमवार, जेष्ठ ११, २०८३
29.1 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रसुडालको ब्रम्हायणीमा प्रजापतिको लगानीमा सत्तल निर्माण शिलान्यास

सुडालको ब्रम्हायणीमा प्रजापतिको लगानीमा सत्तल निर्माण शिलान्यास

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालस्थित श्री ठुली ब्रम्हायणी मन्दिर परिसरमा सत्तल (पाटी) निर्माणका लागि शिलान्यास गरिएको छ।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सुडालको ब्रम्हायणी क्षेत्र स्थानीय समुदायका लागि आस्था, संस्कृति र परम्पराको केन्द्रका रूपमा परिचित छ। परापूर्वकालदेखि यहाँ पूजाआजा, जात्रा तथा विभिन्न धार्मिक अनुष्ठान हुँदै आएका छन्। ब्रम्हायणी देवीलाई शक्ति स्वरूपमा मानिँदै आएको छ भने यहाँ मागेको भाकल पूरा हुने जनविश्वास समेत रहिआएको छ।

भक्तपुर नगरपालिका वडा नं. ९ तौलाछेँ निवासी विष्णु प्रसाद प्रजापतिको व्यक्तिगत लगानीमा निर्माण हुन लागेको उक्त सत्तल टेराकोटा शैलीमा निर्माण गरिनेछ। ३० फिट लम्बाइ, १० फिट चौडाइ र १५ फिट उचाइको उक्त संरचनाको २०८३ साल वैशाख २१ गते बिहान ७:३० बजे जग साइतसहित शिलान्यास गरिएको हो।

धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा सक्रिय प्रजापतिले यसअघि पनि सोही परिसरमा महत्वपूर्ण पूर्वाधार निर्माण गरिसकेका छन्। उनले २०८२ सालमा १०८ शिवलिङ्ग रहेको पशुपति मन्दिर प्राङ्गणमा ८५ फिट लम्बाइ र ४५ फिट चौडाइको चौरमा सिमेन्ट ब्लक बिछ्याउने, करिब ३५० फिट लामो फलामे रेलिङ (बस्ने मेच) तथा भान्छाघर निर्माण गरिदिएका थिए।

सुडाल ब्रम्हायणी विकास समितिका अध्यक्ष शहदेव साखकर्मीले प्रजापतिको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्। “मनकारी दाजु विष्णु प्रसाद प्रजापतिले गर्नुभएको योगदानको महिमा गाउने कुनै शब्द नै छैन,” उनले भने।

समितिले प्रजापति तथा उनका परिवारजनको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना समेत गरेको छ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको