मङ्लबार, बैशाख ८, २०८३

31.8 C
Bhaktapur
मङ्लबार, बैशाख ८, २०८३
31.8 C
Bhaktapur
HomeNews Contentशिक्षागणेश मावि छात्रवृत्ति हिनामिना प्रकरण : आरोपपत्र दायर

गणेश मावि छात्रवृत्ति हिनामिना प्रकरण : आरोपपत्र दायर


भक्तपुर । गणेश माध्यमिक विद्यालयमा छात्रवृत्ति रकम हिनामिना गरिएको प्रकरणमा तीन जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छात्रवृत्ति रकम हिनामिना गरेको आराेपमा आराेेेपपत्र दायर गरेको हाे ।

जुम्ला, तातोपानी गाउँपालिका–१ राँका स्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आर्थिक वर्ष २०७९/०८० मा प्राप्त छात्रवृत्ति रकम विद्यार्थीलाई वितरण नगरी हिनामिना गरेको पुष्टि भएको छ।

अनुसन्धानका क्रममा विद्यालयलाई प्राप्त रु. १ लाख ४५ हजार ३५० छात्रवृत्ति रकम वितरण गरिएको भन्दै झुट्टा भरपाई तयार गरी गाउँपालिकामा पेश गरिएको पाइएको आयोगले जनाएको छ। स्थलगत अनुसन्धानका क्रममा सो भरपाईमा नाम उल्लेख भएका छात्राहरूले रकम नपाएको बताएका थिए।

आयोगले विद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर महत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद भट्टराई र लेखा सहायक कृष्ण कामीले मिलेमतोमा झुट्टा कागजात तयार गरी रकम हिनामिना गरेको निष्कर्ष निकालेको छ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर ठहर गर्दै आयोगले रु. १ लाख ४५ हजार ३५० बिगो कायम गरी कैद तथा जरिवानासहित बिगो असुल उपरको मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपाने द्वारा जारी प्रेस विज्ञप्तिमा विद्यालयलाई प्राप्त सार्वजनिक रकम गैरकानुनी रूपमा प्रयोग गरी संस्थालाई हानि पुर्याइएको उल्लेख गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको