भक्तपुर । ऐतिहासिक, सांस्कृतिक सम्पदाले चिनिएको भक्तपुर पछिल्लो समय अपराधका तथ्याङ्कले पनि चिनिन थालेको छ।चालु आर्थिक वर्ष २०८१/०८२ को फागुन महिनामा मात्रै जिल्लाभर १४५ वटा नयाँ मुद्दा दर्ता हुनु यसतर्फको संकेत हो।
पछिल्ला तीन महिनाको अपराध तथ्याङ्कले जिल्लामा अपराधको अवस्था स्थिर नभई उतार–चढावपूर्ण रहेको देखाएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरले सार्वजनिक गरेको विवरणअनुसार पुसदेखि फागुनसम्म अपराध दर्ता संख्यामा घटबढ देखिएको हो।
प्रहरीका अनुसार पुस महिनामा १३८ मुद्दा दर्ता भएका थिए। त्यसपछि माघमा बढेर १५२ मुद्दा पुगेको थियो भने फागुनमा घटेर १४५ मुद्दा मा सीमित भएको छ। यसले एक महिनामा तीव्र वृद्धि र त्यसपछिको सामान्य गिरावटलाई संकेत गर्छ।
जिल्ला प्रहरी परिसर भक्तपुरले सार्वजनिक गरेको विवरणअनुसार फागुन महिनामा दर्ता भएका मुद्दामध्ये ६३ वटा फछ्र्यौट भइसकेका छन् भने ८२ वटा अझै प्रक्रियामै छन्। अघिल्लो माघ महिनामा १५२ मुद्दा दर्ता भएको तुलनामा फागुनमा केही कमी देखिए पनि अपराधको दबाब भने कायम नै रहेको देखिन्छ।
प्रहरीका अनुसार फागुन महिनामा १५८ अभियुक्तमध्ये ४८ जनामात्रै पक्राउ परेका छन्। पक्राउ पर्नेमा १ महिला र ४७ पुरुष छन् भने बाँकी ११० जना अझै फरार छन्। यसले अनुसन्धान र नियन्त्रणमा चुनौती कायमै रहेको देखिएको छ ।
तथ्यांकले गम्भीर प्रकृतिका अपराध पनि चिन्ताजनक देखिएका छन्। जबरजस्ती करणीका ३, लागूऔषधसम्बन्धी ३, अपहरण तथा शरीर बन्धकको १ र हातहतियारसम्बन्धी १ मुद्दा दर्ता भएका छन्। यी घटनाले जिल्लाको सुरक्षा अवस्थामाथि प्रश्न उठाएका छन्।
अर्कोतर्फ, आर्थिक अपराधको संख्या सबैभन्दा बढी देखिएको छ। फागुनमा मात्रै ५९ आर्थिक अपराधका मुद्दा दर्ता भएका छन्, जसमा ४४ बैंकिङ कसुर, १२ चोरी र ३ ठगीका मुद्दा रहेका छन्। डिजिटल कारोबारको विस्तारसँगै बैंकिङ कसुर बढ्दो प्रवृत्तिमा रहेको प्रहरीको निष्कर्ष छ।
समग्रमा हेर्दा पुस–माघ–फागुन तीन महिनाको तथ्याङ्कले भक्तपुरमा अपराध नियन्त्रण पूर्ण रूपमा स्थिर हुन नसकेको देखाउँछ। दर्ता संख्या घटे पनि फरार अभियुक्तको ठूलो संख्या र आर्थिक अपराधको उकालोले अझ प्रभावकारी सुरक्षा रणनीति आवश्यक रहेको संकेत गरेको छ।




acyclovir side effects most common
acyclovir side effects most common
ketoconazole shampoo for scaling
ketoconazole shampoo for scaling
toradol migraine treatment
toradol migraine treatment
ivermectin clinical guide
ivermectin clinical guide
ivermectin rosacea dermatologic therapy
ivermectin rosacea dermatologic therapy
minoxidil mechanism scientific basis
minoxidil mechanism scientific basis