भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. २ इटाछेँस्थित नःपुखु परिसरमा हिमालयन ग्लोरी इङ्गलिश स्कूलले अभिभावक दिवस, विद्यार्थी–शिक्षक सम्मान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। चैत १ गते आइतबार आयोजित कार्यक्रममा चारसय बढी अभिभावक तथा शुभेच्छुकहरूकाे सहभागिता रहेको थियोे ।
कार्यक्रममा प्लेग्रुपदेखि कक्षा १० सम्म अध्ययनरत ३१२ जना विद्यार्थीहरूले गीत, नृत्य तथा नाटिकासहित २४ वटा विविध सांस्कृतिक प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरे। बालबालिकाको आत्मविश्वासपूर्ण प्रस्तुति र सिर्जनशील अभिव्यक्तिले उपस्थित अभिभावक र पाहुनाहरूलाई मन्त्रमुग्ध बनाएको थियो।
शैक्षिक सत्र २०८१ मा नर्सरीदेखि कक्षा १० सम्म उत्कृष्ट नतिजा हासिल गर्ने ८७ जना विद्यार्थीलाई पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ । साेही कार्यक्रममा विद्यालयमा लामो समयदेखि सेवा पुर्याउँदै आएका तीन जना शिक्षक–कर्मचारीलाई दीर्घ सेवा सम्मान अन्तरगत विशेष सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षाको गुणात्मक विकास नै समृद्ध समाजको वास्तविक मेरुदण्ड भएको बताए। विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्यबाट मात्रै शैक्षिक लक्ष्य हासिल गर्न सकिने उल्लेख गर्दै उनले उत्कृष्ट भौतिक पूर्वाधार, अनुभवी शिक्षक, अनुशासित विद्यार्थी र सचेत अभिभावकको सामूहिक प्रयासले मात्र गुणस्तरीय शिक्षा सम्भव हुने धारणा राखे।
भक्तपुरका अग्रजहरूको ऐतिहासिक योगदानलाई स्मरण गर्दै उनले नयाँ पुस्तामा पठन संस्कृतिको विकास गर्न नगरपालिकाले स्तरीय जनज्योति पुस्तकालय सञ्चालनमा ल्याएको जानकारी दिए। ‘समान शिक्षा र समान व्यवहार’ आजको समयको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै नयाँ पुस्तालाई स्वस्थ प्रतिस्पर्धाको भावनासहित देश निर्माणको महाअभियानमा सहभागी गराउनुपर्ने बताए।
उनले भक्तपुरका सामुदायिक तथा निजी विद्यालयहरूबीच गुणस्तरीय शिक्षाका लागि भइरहेको प्रतिस्पर्धालाई सकारात्मक रूपमा लिनुपर्ने बताउँदै शैक्षिक क्षेत्रमा हुने बन्द र हड्तालले विद्यार्थीको भविष्यमा गम्भीर असर पार्ने चेतावनी दिए। यस्ता अवरोधलाई उनले “बुद्धिमा बिर्को लगाउनु” सँग तुलना गर्दै विद्यालयहरू सधैं निर्बाध रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिए।
विद्यालयका प्रिन्सिपल कृष्णराम त्वानाबासुले विद्यालयले नैतिकता, अनुशासन र समयसापेक्ष सीपयुक्त दक्ष जनशक्ति उत्पादनमा केन्द्रित रहेर शिक्षा प्रदान गर्दै आएको बताए। विद्यालय व्यवस्थापन समितिका सदस्य रविन्द्र खर्बुजाले भक्तपुरमा गरिएको शैक्षिक लगानीको सकारात्मक प्रतिफल समाज विकासमा देखिन थालेको उल्लेख गर्दै नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले देशभरका विद्यार्थीलाई सुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेर उदाहरणीय अभ्यास स्थापित गरेको बताए।
यसैगरी कार्यक्रममा इसानका प्रेमजन थापाले विद्यार्थी, शिक्षक र अभिभावक तीनै पक्षमा अध्ययनप्रतिको रुचि आवश्यक रहेको उल्लेख गर्दै यसले पेशागत तथा व्यवहारिक जीवनमा सकारात्मक ऊर्जा थप्ने बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशराम वैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले एसईई उत्तीर्ण विद्यार्थीहरू तथा विद्यालयमा लामो समयदेखि सेवा पुर्याउँदै आएका शिक्षक–कर्मचारीहरूलाई मायाको चिनो र प्रशंसापत्र प्रदान गरेका थिए।
२०३७ सालमा “ट्विंकल प्राइमरी स्कूल” नामबाट स्थापना भएको उक्त विद्यालयले २०४६ सालदेखि हिमालयन ग्लोरी इङ्गलिश स्कूल नाममा शैक्षिक सेवा दिँदै आएको छ। हाल प्लेग्रुपदेखि कक्षा १० सम्म अध्ययन हुने विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर शिक्षा प्रदान गर्दै आएको जनाएको छ।
कार्यक्रमले शिक्षा, संस्कार, सिर्जनशीलता र सामाजिक चेतनालाई जोडेर विद्यार्थी र अभिभावकलाई प्रेरित गरेको र हिमालयन ग्लोरी स्कूलको शैक्षिक यात्रा अझ उत्साहपूर्ण बनाएको सहभागीहरूले बताएका छन्।




ozempic doses schedule
ozempic doses schedule
tadalafil 5mg works
tadalafil 5mg works
acyclovir dosage for hsv2 outbreak
acyclovir dosage for hsv2 outbreak
saxenda pen troubleshooting
saxenda pen troubleshooting
terbinafine mechanism squalene epoxidase inhibition
terbinafine mechanism squalene epoxidase inhibition
acular ketorolac for eye pain
acular ketorolac for eye pain
toradol short term course details
toradol short term course details
ivermectin pharmacokinetic overview
ivermectin pharmacokinetic overview
minoxidil men’s regrowth data
minoxidil men’s regrowth data
minoxidil duration clinical data
minoxidil duration clinical data
minoxidil women’s treatment reference
minoxidil women’s treatment reference
ED drug pricing explained
ED drug pricing explained
vardenafil 10 mg tablet
vardenafil 10 mg tablet
avanafil safe online navigation
avanafil safe online navigation
vardenafil food interaction insights
vardenafil food interaction insights
avanafil cost structure
avanafil cost structure
avanafil reaction‑related information
avanafil reaction‑related information
augmentin vs amoxicillin
augmentin vs amoxicillin