शुक्रबार, बैशाख १८, २०८३

16.1 C
Bhaktapur
शुक्रबार, बैशाख १८, २०८३
16.1 C
Bhaktapur
HomeNews Contentसमाचारमतदाताप्रति नेमकिपाको आभार : निर्वाचन परिणामको गम्भीर समीक्षा गरिने

मतदाताप्रति नेमकिपाको आभार : निर्वाचन परिणामको गम्भीर समीक्षा गरिने

भक्तपुर, फागुन २५ — नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो चुनाव चिन्ह मादलमा मतदान गरी विश्वास प्रकट गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेको छ।

पार्टी सचिव प्रेम सुवालद्वारा जारी प्रेस वक्तव्यमा पुँजीवादी संसदीय निर्वाचन प्रणालीबाट समाजवाद सम्भव नहुने पार्टीको वैचारिक धारणा पुनः स्पष्ट पारिएको छ। तथापि देश र व्यापक जनताको सेवा तथा हितका लागि नेमकिपाले प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी संघ–संस्थाहरूभित्र समेत प्रवेश गरेर काम गर्ने नीति लिएको र यही नीति अनुरूप पञ्चायतकालदेखि नै निःस्वार्थ सङ्घर्ष गर्दै आएको उल्लेख गरिएको छ।

वक्तव्यमा यही राजनीतिक दृष्टिकोणलाई आत्मसात् गर्दै फागुन २१ गते सम्पन्न निर्वाचनलाई पनि पार्टीले जनताको पक्षमा उपयोग गरेको जनाइएको छ। सो निर्वाचनमा पार्टीको चुनाव चिन्ह मादलमा अमूल्य मत दिएर विश्वास व्यक्त गर्ने सबै मतदाताप्रति पार्टीले हार्दिक धन्यवाद प्रकट गरेको छ।

नेमकिपाले निर्वाचनको समग्र नतिजाबारे गम्भीर रूपमा समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसबाट प्राप्त अनुभवलाई आगामी राजनीतिक संघर्षका लागि मार्गदर्शनका रूपमा लिने जनाएको छ।
त्यसैगरी देशको स्वाधीनता, सार्वभौमिकता र जनताको हितका लागि काम गर्न निर्वाचनमा विजयी भएका सबै उम्मेदवारहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

वक्तव्यमा नेमकिपाले जनताको सर्वोपरी हित र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सरकारका कामकारबाहीमाथि सडकबाट निरन्तर खबरदारी गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ। साथै आगामी दिनमा पनि पार्टी देश र जनताको निःस्वार्थ सेवामा अडिग रहँदै संघर्षरत रहने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको