शुक्रबार, बैशाख १८, २०८३

19.1 C
Bhaktapur
शुक्रबार, बैशाख १८, २०८३
19.1 C
Bhaktapur
HomeNews Contentशिक्षाQESS Single Dance Championship : दिभांसी र मनिरा विजेता

QESS Single Dance Championship : दिभांसी र मनिरा विजेता


भक्तपुर — क्वालिटी इंग्लिस सेकेन्डरी स्कूलले शैक्षिक वर्ष २०८१ बाट बालबालिकामा अन्तरनिहित प्रतिभा प्रकट गर्ने उद्देश्यसहित सुरु गरेको QESS Single Dance Championship को दोस्रो संस्करण Season II मिति २०८२ असोज ३० गते, बिहीबार सम्पन्न गरेको छ।

प्रतियोगितामा सिनियर समूह (कक्षा ६ देखि ९) का २० जना र जुनियर समूह (कक्षा १ देखि ५) का २५ जना विद्यार्थी गरी कुल ४५ जना विद्यार्थी सहभागी भएका थिए। दुवै समूहबाट आठ–आठ जना विद्यार्थीलाई विभिन्न उपाधि र पुरस्कार प्रदान गरिएको थियो। साथै, सबै सहभागी विद्यार्थीलाई मायाको चिनो दिइएको विद्यालयले जनाएको छ।

जुनियर समूहतर्फ कक्षा १ की दिभांसी कार्की पहिलो, कक्षा २ की लासाङ मोक्तान दोस्रो, कक्षा ३ की एट्ना सुनुवार तेस्रो तथा कक्षा ४ की कृषा घिमिरे सान्त्वना पुरस्कारबाट पुरस्कृत भएकी थिइन्।

त्यसैगरी, सिनियर समूहतर्फ कक्षा ८ की मनिरा तामाङ प्रथम, कक्षा ६ की अनुसा लामा द्वितीय, कक्षा ७ की सम्पर्णा के.सी. तृतीय र कक्षा ६ की सृजु श्रेष्ठ सान्त्वना पुरस्कार प्राप्त गरेकी थिइन्।

कार्यक्रम विद्यालयका पूर्व–प्राथमिक तहकी इन्चार्ज अनिता थापा तिमिल्सिनाको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिवोधन बास्तोला र विद्यालयका प्रिन्सिपल जी.बी. खड्काले विजेताहरू तथा निर्णायकहरूलाई पुरस्कृत र सम्मान गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको