सोमवार, माघ २६, २०८२

11.1 C
Bhaktapur
सोमवार, माघ २६, २०८२
11.1 C
Bhaktapur
HomeNews Contentशिक्षाताथलीमा ‘अङ्कुर शिक्षालय’ मन्टेश्वरी सञ्चालनमा

ताथलीमा ‘अङ्कुर शिक्षालय’ मन्टेश्वरी सञ्चालनमा

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ९ अन्तर्गत ताथलीको गोठालेचौरमा ‘अङ्कुर शिक्षालय’ नामक मन्टेश्वरी विद्यालय सञ्चालनमा आएको छ। साना बालबालिकाको प्रारम्भिक शिक्षालाई लक्षित गरी स्थापना गरिएको यस शिक्षालयले बालमैत्री, सुरक्षित तथा सिर्जनात्मक सिकाइ वातावरण प्रदान गर्ने उद्देश्य लिएको छ।

ताथली क्षेत्रको आवश्यकता र स्थानीयवासीको मागलाई ध्यानमा राख्दै ससाना बालबालिकाको शिक्षा र भविष्यका लागि टाढा जान पठाउनुपर्ने बाध्यता न्यूनीकरण गर्ने उद्देश्यले शिक्षालय सञ्चालनमा ल्याइएको सञ्चालक विकास ढुंगानाले जानकारी दिए।

अङ्कुर शिक्षालयमा खेल, गीत, चित्र, गतिविधिमूलक सिकाइ तथा व्यवहारिक अभ्यासमार्फत बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकासमा विशेष जोड दिइने विद्यालय प्रशासनले जनाएको छ। साथै, प्रशिक्षित शिक्षक–शिक्षिका, व्यवस्थित कक्षाकोठा र बालमैत्री पूर्वाधार शिक्षालयका प्रमुख विशेषता रहेको बताइएको छ।

स्थानीय अभिभावकहरूले ताथलीमै मन्टेश्वरी सञ्चालनमा आउनुले आफ्ना नानीहरूलाई नजिकै गुणस्तरीय प्रारम्भिक शिक्षा दिलाउन सहज भएको प्रतिक्रिया दिएका छन्। यसले बालबालिकाको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

अङ्कुर शिक्षालयले भर्ना प्रक्रिया सुरु गरिसकेको र अभिभावक तथा बालबालिकालाई लक्षित परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको