आइतवार, माघ ४, २०८२

18.1 C
Bhaktapur
आइतवार, माघ ४, २०८२
18.1 C
Bhaktapur
HomeNews Contentसमाचार`हजारौँ विजय’ : युवामा इतिहास चेतना र नेतृत्व विकासमा योगदान पुर्याउने नवीन...

`हजारौँ विजय’ : युवामा इतिहास चेतना र नेतृत्व विकासमा योगदान पुर्याउने नवीन पुस्तक

काठमाडौं । दोस्रो विश्वयुद्ध, सोभियत संघको भूमिका, फासिवादमाथिको विजय र त्यससँग सम्बन्धित ऐतिहासिक घटनाहरू समेट्दै नयाँ पुस्तक बजारमा आएको छ ।

उक्त घटनासँगै वर्तमान र भविष्यका पुस्ताले इतिहासबाट सिक्नुपर्ने पाठहरूलाई उजागर गर्दै नयाँ पुस्तक बजारमा आएको हाे । साे पुस्तक लेखक रामविन्दु श्रेष्ठले बजारमा ल्याएका हुन् । उनले आफ्नो पुस्तक ‘हजारौँ विजय’ मार्फत तत्कालीन समयकाे तथ्य सार्वजनिक गरे ।

पुस्तकमा समावेश भएका विषयबारे लेखक श्रेष्ठले भने, `इतिहास केवल स्मरणका लागि होइन, भविष्य निर्माणको आधार पनि हो। युवा पुस्ताले यसबाट सिक्नुपर्छ।´

साे सन्दर्भमा उनले इतिहासबाट चेतना विकासमा सहयोग गर्ने उल्लेख गर्दै पुस्तकले स्वतन्त्रता, समानता र मानव अधिकारबारे बुझ्न मद्दत पुग्ने बताए । साे पुस्तकले राजनीतिक जागरणमा समेत सहयोगी बन्ने उनको भनाइ छ । फासिवाद र अत्याचारी शासनको विरुद्धको संघर्ष बुझेर सक्रिय नागरिक बन्न प्रेरणा साे पुस्तकले दिने लेखक श्रेष्ठको भनाइ छ ।

पुस्तकमा समाजमा हुने असमानता र अन्यायको विरोध गर्ने क्षमता विकास गर्न, विगतका गलत र सफल अभ्यासबाट सही निर्णय लिन सक्ने क्षमताबारे जानकारी दिने लेखक श्रेष्ठले बताए ।

पुस्तक सार्वजनिकनिकीकरण कार्यक्रममा पूर्वमन्त्री, पूर्वराजदूत, डा. जंगब चौहान, नीलाम्बर आचार्य र रुसी सांस्कृतिक केन्द्रका प्रतिनिधिहरू पनि उपस्थित थिए। उनीहरूले पुस्तकले युवालाई जिम्मेवार नागरिक बनाउने र नेतृत्वका गुण विकास गर्ने महत्वपूर्ण योगदान दिनसक्ने बताए।

उनीहरूले लेखक श्रेष्ठको ‘हजारौँ विजय’ केवल ऐतिहासिक विवरण मात्र नभई युवालाई वर्तमान र भविष्यका चुनौतीसँग जुध्न सक्षम बनाउने मार्गदर्शक पुस्तक भएको चर्चा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको