आइतवार, माघ ४, २०८२

18.1 C
Bhaktapur
आइतवार, माघ ४, २०८२
18.1 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रख्वप अस्पतालमा रिपोर्ट लिन अब लाइन लाग्न नपर्ने

ख्वप अस्पतालमा रिपोर्ट लिन अब लाइन लाग्न नपर्ने


भक्तपुर । भक्तपुरस्थित ख्वप अस्पतालमा क्यूआर स्क्यान गरेर रिपोर्ट लिन सकिने भएको छ । भक्तपुरको च्याम्हासिँहस्थित साे अस्पतालमम क्यूआर स्क्यान गरि ल्याब रिपोर्ट पाउन सकिने भएको हाे । अस्पतालले सेवाग्राहीका लागि साे सेवा सुरू गरेको छ ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले सेवाग्राहीको समय बचत र सेवा सहज बनाउन नयाँ प्रविधिमा आधारित ल्याब रिपोर्ट वितरण प्रणाली सुरु गरेको छ। अब अस्पतालमा ल्याब रिपोर्ट लिन अब लाइन बस्नुपर्ने झन्झट हटेको छ।

अस्पतालबाट बिल भुक्तानीपछि प्राप्त हुने बिलमा उल्लेख गरिएको क्यूआर कोड स्क्यान गर्नासाथ केही सेकेन्डमै सम्बन्धित ल्याब रिपोर्ट प्रिन्ट भएर आउने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ। यस प्रणालीमार्फत सेवाग्राहीले छिटो, सरल र पारदर्शी ढंगले आफ्नो रिपोर्ट प्राप्त गर्न सक्नेछन्।

अस्पताल प्रशासनका अनुसार डिजिटल प्रविधिको प्रयोगले सेवाग्राहीको भीड व्यवस्थापनमा सहयोग पुग्नुका साथै कर्मचारीको कार्यभार पनि घट्ने अपेक्षा गरिएको छ। साथै, रिपोर्ट वितरण प्रक्रियामा हुने ढिलाइ र असुविधा हट्ने विश्वास गरिएको छ।

ख्वप अस्पतालले प्रविधिमैत्री सेवा विस्तार गर्दै नागरिकमैत्री स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यअनुसार यस किसिमका नवीन प्रणालीलाई क्रमशः थप गर्दै जाने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको