शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentशिक्षावागीश्वरीमा नि:शुल्क बालविकास सहजकर्ताको कक्षा सञ्चालन

वागीश्वरीमा नि:शुल्क बालविकास सहजकर्ताको कक्षा सञ्चालन


भक्तपुर । वागीश्वरी स्कुल, भक्तपुरले नि:शुल्क रूपमा बालविकास सहजकर्ताकाे (ECDF) कार्यक्रम सञ्चालन गर्न लागेको छ। सो कार्यक्रमका लागि अहिले २५ जना मात्र विद्यार्थी भर्ना खुला गरिएको विद्यालयले जनाएको छ।

४० महिनाको यो कोर्स Early Childhood Development Facilitator (ECDF) शीर्षकमा सञ्चालन गर्न लागेको हो। यस कार्यक्रम अन्तर्गत सहभागी विद्यार्थीलाई प्रारम्भिक बालशिक्षा र बालमनोविज्ञानसम्बन्धी सीप सिकाइने विद्यालयले जनाएको छ ।

विद्यालयका अनुसार, यो कार्यक्रम शिक्षामा रुचि राख्ने युवाहरुलाई व्यावसायिक सीप र रोजगारीको अवसरका रूपमा उपयोगी हुनेछ। विद्यालयले उनीहरूलाई पूर्ण रूपमा नि:शुल्क पढाइ दिनेछ।´ विद्यालयले ECDF प्रशिक्षणका क्रममा सहभागीलाई कक्षा सञ्चालन, बालमैत्री वातावरण सृजना, खेलमुखी सिकाइ, शिक्षण सामग्री निर्माण, र बालअनुशासन सम्बन्धी व्यवहारिक अभ्यास गराउनेछ।

स्कुलका अनुसार, यो कार्यक्रम राष्ट्रिय शिक्षा नीति अनुसारको “बालविकास पूर्वतयारी कार्यक्रम” हो जसले प्रारम्भिक बालशिक्षामा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य लिएको छ। विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले भने,हाम्रो उद्देश्य शिक्षा क्षेत्रमा काम गर्न इच्छुक युवाहरुलाई सक्षम र व्यावसायिक बनाउन सहयोग गर्नु हो। २५ जनाको सिट सीमित भएकाले समयमै आवेदन दिन आग्रह गरिएको छ।´

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको