आइतवार, माघ ४, २०८२

18.1 C
Bhaktapur
आइतवार, माघ ४, २०८२
18.1 C
Bhaktapur
HomeNews Contentभक्तपुर टाइम्स विशेषराजर्षि गुरूकुलमा गाईजात्रा विशेष कार्यक्रम : गजुरेलले व्यङ्ग्यमा समाजकाे छवि

राजर्षि गुरूकुलमा गाईजात्रा विशेष कार्यक्रम : गजुरेलले व्यङ्ग्यमा समाजकाे छवि

भक्तपुर । राजर्षि गुरुकुल विद्यालय, सल्लाघारीमा गाईजात्रा विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा चर्चित हास्यकलाकार मनोज गजुरेलले शिक्षा, स्वास्थ्य, राजनीति, शासन प्रशासनलगायत विविध क्षेत्रमा विद्यमान विसंगति र विकृतिलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्दै उपस्थित विद्यार्थी, शिक्षक तथा अतिथिहरूलाईै हँसाएका मात्र होइन, सोच्न बाध्यसमेत पारे।

गजुरेलले समाजमा भइरहेका कमजोरी र दु:खलाई हाँसोमार्फत परिवर्तनको माध्यम बनाउनु आफ्नो दायित्व भएको उल्लेख गर्दै निरन्तर मेहनत, अनुशासन र सकारात्मक दृष्टिकोणले नै सफलता हासिल गर्न सकिने सन्देश दिए। उनले कठिन परिस्थितिमा पनि आत्मविश्वास नहराई अघि बढ्ने प्रेरणादायी प्रसंगहरू प्रस्तुत गरे।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष राजेश चौधरी, एजुकेशन अफ डाइरेक्टर दीपाली गिरीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

कार्यक्रम संयोजक अंकिता शर्मा कार्कीले साे कार्यक्रमबाट विद्यार्थीहरू लाभान्वित भएकाे बताइन् । कार्यक्रममा विद्यार्थीहरूले गजुरेलको जीवन र सफलतालाई आदर्शका रूपमा प्रस्तुत गरेका थिए ।

साे अवसरमा विद्यालयले कलाकार गजुरेललाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा सहभागी विद्यार्थी तथा स्कूल परिवारले गजुरेलको व्यंग्यकलालाई जीवनकै लागि उपयोगी र प्रेरणादायी भएको भन्दै प्रशंसा गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको