शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentसमाचारचाँगुमा कलेज गाडी दुर्घटना : विद्यार्थी छोडेर चालक फरार

चाँगुमा कलेज गाडी दुर्घटना : विद्यार्थी छोडेर चालक फरार


भक्तपुर । भक्तपुरको चाँगुनारायणमा विद्यार्थी बोकेको गाडी दुर्घटनामा परेको छ ।

चाँगुनारायण नगरपालिका वडा नंं ४ को रमाइलो गाउँमा १ जना विद्यार्थी लिएर चाँगुबाट फर्कदै गरेको जनप्रेमी वल्र्ड कलेजको गाडी दुर्घटनामा परेको स्थानीयले जानकारी दिए ।
गाडीले बाटो छोडेर डिलमाथि करिब १५ फिटमाथि चढेको थियो । सोही कारण सडक छेउको कच्ची घरमा समेत क्षति पुगेको छ।

समय विहान करिब सवा ५ बजे भएको घटनापछि चालक विद्यार्थीलाई गाडीमै छोडेर फरार भएको स्थानीयले जानकारी दिए । विद्यार्थी सामान्य घाइते छन् । उनको चाँगुनारायण नगर अस्पतालमा उपचार भइरहेको छ ।

कलेजको बागमती प्रदेश ०१ २२८ प(?) ७७१६ नं. को गाडी दुर्घटनामा परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको