शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentभक्तपुर टाइम्स विशेषताथलीकाे जयराम मार्ग मर्मतका लागि स्थानीयकाे जनश्रमदान

ताथलीकाे जयराम मार्ग मर्मतका लागि स्थानीयकाे जनश्रमदान

  • हरिसुन्दर छुकां
    भक्तपुर । चाँगुनारायण नगरपालिका–९, ताथलीकाे जयराम मार्ग मर्मतका लागि स्थानीयले जनश्रमदान गरेका छन् ।
  • समाजसेवी एवम् अग्रज राजनीतिक कार्यकर्ता स्व. जयराम बासुकलाकाे स्मृतिमा नामकरण भएको सडक मर्मत र सफाइका लागि वडा कार्यालयले आह्वान गरेपछि स्थानीयले श्रमदान गरेका हुन् ।
    व्यापक जनसहभागितामा उक्त सडकका विभिन्न भागकाे मर्मत तथा सरसफाइ सम्पन्न गरिएको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीका अध्यक्ष गणेश त्यातले जानकारी दिए । उनले ताथलीका मुख्य सडकका साथै सहायक सडकहरूमा बढिरहेको झार, खाल्डाखुल्डीले आवातजावतमा समस्या भएपछि वडावासीकाे समस्या समाधानका लागि उक्त कार्यक्रम गरिएको बताए ।
    उक्त अभियानले एकातिर सरसफाइबारे जनचेतना वृद्धि भएको छ भने अर्कोतिर बढ्दाे डेंगु राेगकाे जाेखिम न्यूनीकरणमा टेवा पुगेकाे छ । वडा अध्यक्ष त्यातले साे कार्यक्रमले नागरिक भावना अभिवृद्धिमा सहयोग पुगेकाले उक्त कार्यक्रमलाई निरन्तरता दिने बताए ।
    कार्यपालिका सदस्य एवम् महिला सदस्य कमला गिरीले वडाका सडकहरूकाे अवस्था सुधारका लागि वडावासीकाे तदारुकताले वडा कार्यालय उत्साहित भएकाे बताइन् । उनले वडाका विकास कार्यमा वडावासीकाे अपनत्व वृद्धि भएकाे चर्चा गर्दै वडाले `वडावासीका लागि वडा कार्यालय : वडा कार्यालयका लागि वडावासी´ भन्ने भावका साथ कार्यक्रम गरिएको बताइन् ।
    वडा सदस्य रविन बासुकलाले कार्यक्रममा वडास्थित विभिन्न टाेल, क्षेत्रका युवा, महिला, किसान, मजदुर, समाजसेवी, प्रहरी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूकाे सहभागिता रहेको जानकारी दिए । सडककाे मर्मत र सफाइका लागि वडा अध्यक्ष त्यातले सार्वजनिक रूपमा जनसहभागिताका लागि आह्वान गरेका थिए ।
    कुटाे, काेदालाे, साबेल तथा अन्य घरेलु हतियारका साथ उपस्थित सहभागीहरूले उक्त श्रमदान प्रशंसनीय रहेकाे उल्लेख गर्दै त्यसलाई निरन्तरता दिन अनुराेध गरे । समाजसेवी एवम् स्थानीय नारायणभक्त न्हेमाफुकीले नागरिक भावनामा कमी आइरहेको समयमा वडा कार्यालयकाे उक्त कार्य विकास र समृद्धिकाे यात्रामा वडावासीकाे सहभागितालाई जाेड्ने कार्यक्रम भएकाे बताए ।
    वडा कार्यालयले आगामी शुक्रबार( भदाै ६ गते) सरसफाइ र मर्मत अन्तरगत जयराम मार्गकाे बाँकी खण्डकाे मर्मत गरिने र भदौ १४ गते शनिबार ताथली नाला सडककाे चाेकन्तिला पुलदेखि ताथलीकाे खर्क पुलसम्मकाे खण्डमा सरसफाइ गरिने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको