शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentसमाचारजयराम बासुकलाकाे स्मृतिमा श्रद्धाञ्जलि सभा: नयाँ पुस्ताका विद्यार्थी सम्मानित

जयराम बासुकलाकाे स्मृतिमा श्रद्धाञ्जलि सभा: नयाँ पुस्ताका विद्यार्थी सम्मानित

जयराम बासुकलाकाे २१औं स्मृति सभा
भक्तपुर । समाजसेवी तथा अग्रज राजनीतिक कार्यकर्ता स्व. जयराम बासुकलाको २१औं स्मृति सभा शनिबार सम्पन्न भएको छ। कार्यक्रम जयराम स्मृति अक्षय कोष समितिको आयोजनामा भएको हाे ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले स्वर्गीय बासुकलाकाे राजनीतिक इमान्दारिताकाे चर्चा गर्दै उनले अँगालेकाे सिद्धान्त, विचार र आदर्शलाई आत्मसात गर्नुपर्नेमा जाेड दिए ।

उनले स्वर्गीय बासुकला नेमकिपाका कर्मठ कार्यकर्ता भएको उल्लेख गर्दै उनको याेगदानलाई स्मरण गर्दै समाजवादी विचार फैलाएर स्वर्गीय बासुकलाकाे सपना साकार बनाउनुपर्ने बताए ।
केन्द्रीय सचिव सुवालले वर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न चुकिरहेकाे जनाए । उनले अहिलेसम्मको सरकारले जनताको हित भन्दा व्यक्तिगत र पार्टीगत स्वार्थलाई प्राथमिकता दिँदा जनता दु: खमा परेकाे उल्लेख गरे ।

स्मृति सभाका साथै एसईई २०८१ उत्तीर्ण विद्यार्थीलाई सम्मान समेत गरिएको उक्त कार्यक्रममा सचिव सुवालले नयाँ पुस्तालाई अध्ययनमा प्रतिवद्द हुन अनुरोध गरे । उनले नेमकिपाले शिक्षा, स्वास्थ्य र राेजगारीका साथै बहुमत जनताको हितका लागि संघर्ष गरिरहेकाे जनाए । नेमकिपाले गरेका कामलाई शासक दलका नेताहरूबाट असहयोग भइरहेको चर्चा गरेका उनले जनताप्रति जवाफदेही नभएकाे सरकार जनताको हुन नसक्ने बताए ।

उनले युवाहरूलाई विदेश पठाउने सरकारबाट समृद्धिकाे आशा गर्न नसकिने उल्लेख गर्दै सरकारले भ्रष्टाचारीहरूकाे पक्षमा कनम गरिरहेकाे जनाए । जनताको समग्र समस्या समाधान समाजवादी व्यवस्थामा मात्र हुने चर्चा गरेका उनले संगठनलाई अघि बढाउने गतिविधि गर्नमा जाेड दिए ।

कार्यक्रममा नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुच्छेभक्त फाेँजुले नगरपालिकामा विभिन्न खाले भ्रष्टाचार भइरहेकाे दृष्टान्त दिँदै त्यसविरुद्ध युवा, विद्यार्थी र महिलाले सङ्घर्ष गर्नुपर्ने बताए । उनले स्वर्गीय बासुकला सङ्घर्षशील भएको स्मरण गर्दै उनको पदचापलाई पार्टी कार्यकर्ताले मनन् गर्न अनुरोध गरे ।

कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यात, वडा सदस्य कमला गिरीले स्व. बासुकलाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनका आदर्शलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

कार्यक्रममा नेमकिपाका पाण्डब सुवाल, नेमकिपा ताथलीका अध्यक्ष राजाराम छुकां,आयाेजक समितिका एकबहादुर खत्री, केशरबहादुर खड्का, घनश्याम खड्कालगायतले स्व. बासुकलाको समाजसेवा, शिक्षाक्षेत्रमा पुर्याएको योगदान र राजनीतिक क्रियाकलापको स्मरण गर्दै उनकाे जीवनबाट प्रेरणा लिनुपर्नेमा जोड दिए। उनीहरूले बासुकलाले जीवनभर स्थानीय विकास, शिक्षा विस्तार र सामाजिक न्यायका लागि अथक प्रयास गरेका विषय चर्चा गरेका थिए ।

कार्यक्रमका अध्यक्ष चन्द्रबहादुर थुयाजुले कोषको आगामी योजनाबारे जानकारी गराउँदै समाजमा शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सहयोगका लागि कोष सक्रिय रहने बताए।

कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, विद्यालयका शिक्षक, विद्यार्थी, समाजसेवी तथा बासुकलाका परिवारजन, शुभेच्छुकलगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको