फरार रहँदै आएका बैंकिङ कसूर मुद्दाका प्रतिवादी गणेश तामाङ पक्राउ
भक्तपुर, साउन १८ ।
बैंकिङ कसूर मुद्दामा फरार रहेका प्रतिवादी गणेश तामाङलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले साउन १६ गते भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं.७ स्थित कमलविनायकबाट उनलाई पक्राउ गरेको हो।
गणेश तामाङविरुद्ध ललितपुर जिल्ला अदालतबाट बैंकिङ कसूरसम्बन्धी मुद्दामा पक्राउ अनुमति आदेश जारी भएको थियो। सोही आदेशको आधारमा उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि ललितपुर जिल्ला प्रहरी परिसर, जावलाखेलमा पठाइएको जानकारी उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार गणेश तामाङलाई कानुनी प्रक्रियाअनुसार अगाडि बढाइनेछ ।
