शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentसमाचारताथलीमा युवाको सवाल : जनप्रतिनिधिको जवाफ

ताथलीमा युवाको सवाल : जनप्रतिनिधिको जवाफ

भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीमा युवाहरूले प्रत्यक्ष रूपमा आफ्ना सरोकारका सवालहरू जनप्रतिनिधिसमक्ष राखेका छन्। नेपाल क्रान्तिकारी युवा संघ (नेक्रायुसंघ) ताथलीको आयोजनामा भएको जनप्रतिनिधिसँग युवा कार्यक्रममा युवाहरुले जनप्रतिनिधिहरुँग समसामयिक विषयमा विभिन्न सवाल राखेका थिए ।

कार्यक्रममा करिब ६५ जनाको सहभागिता रहेको थियो। सहभागी अधिकांश युवाहरुले स्थानीय विकास, सार्वजनिक सेवा, रोजगारी, पारदर्शिता, शिक्षा, खेलकुद र युवा सहभागिताबारे आफ्ना जिज्ञासाहरू राखेका थिए। प्रश्न राख्ने युवाहरूमा रमेश मचामसी, सुरेशराज गिरी, सत्यनारायण गिरी, प्रवीण छुकां, हरिगोपाल बासुकला, राजकुमार बस्नेत, नवीन बस्नेत, सोनम मचामसी, मनोज गिरी, चन्द्रबहादुर सुवाल, बाबुकाजी माकजु, सत्यराम थुयाजु, विजय माकजु र सुमन प्रजापति थिए।

युवा भेला तथा अन्तरक्रियामा उठेका सवाल, जिज्ञासामा वडा अध्यक्ष गणेश त्यातले युवाहरूको प्रश्नहरूको जवाफ दिएका थिए। उनले वडाको स्रोत, योजना प्रक्रिया र युवा साझेदारीका विषयमा धारणा राख्दै सूचना प्रवाह, तालिम कार्यक्रम र नियमित संवाद प्रक्रियाबारे प्रतिबद्धता जनाए।

कार्यक्रम का वक्ता राजाराम छुकां (अध्यक्ष, नेमकिपा ताथली) र एलएन लिगल (अध्यक्ष, नेक्रायुसंघ चाँगुनारायण) ले युवालाई राजनीतिको प्रयोगात्मक अभ्यासमा सक्रिय भूमिका लिन आग्रह गरे। कार्यक्रमको संचालन हरिसुन्दर छुकांले गरेका थिए भने स्वागत मन्तव्य रामचन्द्र छुकांले राखेका थिए। कार्यक्रमको सभापति उत्तम साखकर्मी थिए।

कार्यक्रम आयोजकका युवाको सवालले स्थानीय नेतृत्वलाई जवाफदेही बनाउने र भविष्यमा योजना निर्माणमा युवाको सहभागिता सुनिश्चित गर्ने उद्देश्य राखिएको हो । नेक्रायुसंघले यस्तो प्रकारको अन्तरक्रिया कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ। कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ९ तथालीका सम्पूर्ण जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । अन्तरक्रियामा ताथलीका विभिन्न स्थानका युवा समूह, टीम, क्लब, समाज र क्षेत्रका युवाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको