शुक्रबार, मंसिर १९, २०८२

15.1 C
Bhaktapur
शुक्रबार, मंसिर १९, २०८२
15.1 C
Bhaktapur
HomeNews Contentसमाचारजलन पीडित लाेप्चनलाई आर्थिक सहयोग

जलन पीडित लाेप्चनलाई आर्थिक सहयोग

भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित बनमाला टोलमा बसोबास गर्दै आएकी गम्भीर जलन पीडित निमा लोप्चनलाई श्री दक्षिणकाली युवा समूह, ताथलीको पहलमा रु. ५१,१०० आर्थिक सहयोग प्रदान गरिएको छ।

गत साउन ९ गते प्रेसर कुकर पड्केर घाइते भएकी निमाको उपचारका लागि विभिन्न सञ्चारमाध्यममा सहयोगको खबर सार्वजनिक भएपछि समूहले मानवीय सहायता अभियान सञ्चालन गर्दै सहयोग संकलन गरेको हो। संकलित रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको समूहका अध्यक्ष सुरेशराज गिरिले जानकारी दिए।

काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१ स्थायी घर भई हाल ताथलीमा भाडाको टहरामा बसोबास गर्दै आएका लोप्चन परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर छ। उपचारमा गम्भीर समस्या देखिएपछि समूहले पहल अघि सारेको अध्यक्ष गिरिले बताए।

पीडित निमा लोप्चनका बुबा युवराज लोप्चनले सहयोग गर्ने सम्पूर्ण व्यक्ति र समूहप्रति आभार व्यक्त गरेका छन्। “छोरीको अवस्था निकै गम्भीर थियो। तपाईहरूको सहयोगले अब केही राहत मिलेको छ,” उनले भने।

श्री दक्षिणकाली युवा समूहले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय कार्यमा सक्रिय भूमिका खेल्दै आएको छ। समूहले आगामी दिनमा पनि यस्ता गतिविधिमा निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको