सोमवार, कार्तिक २४, २०८२

13.1 C
Bhaktapur
सोमवार, कार्तिक २४, २०८२
13.1 C
Bhaktapur
HomeNews Contentशिक्षाईप्सन भक्तपुरको हिज्जे प्रतियोगिता : सूर्याेदय प्रथम

ईप्सन भक्तपुरको हिज्जे प्रतियोगिता : सूर्याेदय प्रथम

ईप्सन भक्तपुरको हिज्जे प्रतियोगितामा सुर्योदय विजयी

भक्तपुर । एडिफाई प्राईभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन) भक्तपुरद्वारा आयोजित अन्तरविद्यालय हिज्जे प्रतियोगितामा सुर्योदय सेकेण्डरी स्कुलले प्रथम स्थान हात पारेको छ।

ईप्सन अन्तर्गतका सदस्य विद्यालयका लागि आयोजित प्रतियोगिता साउन १५ गते बिमल मेमोरियल विद्यापीठको कार्यक्रम हलमा सम्पन्न भएको हो। कक्षा १ देखि ५ सम्मका विद्यार्थी समेटिएको कार्यक्रममा भक्तपुर क्षेत्रका १० वटा सदस्य विद्यालयले सहभागिता जनाएका थिए।

प्रतियोगितामा पारीजात विद्याकुञ्जले दोस्रो स्थान प्राप्त गर्दा सेन्ट जोन्स इङ्ग्लिस स्कुल तेस्रो स्थानमा रह्यो। युनिटी इङ्ग्लिस स्कुललाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। विजयी विद्यालय तथा विद्यार्थीहरूलाई ईप्सनका अध्यक्ष जी.बी. खड्काले ट्रफीसहित सम्मान गरेका थिए। कार्यक्रमको सञ्चालन सेन्ट जोन्स इङ्ग्लिस स्कुलका प्रिन्सिपल देव भट्टले गरेका थिए।

ईप्सन भक्तपुरले शैक्षिक सत्रभर विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको छ। यो वर्षको छैठौं कार्यक्रमको रुपमा हिज्जे प्रतियोगिता सम्पन्न भएको हो। आउँदो साउन २२ गते आधारभूत तहका विद्यार्थीबीच वादविवाद प्रतियोगिता आयोजना हुँदैछ भने कक्षा ८, ९ र १० का लागि दुई चरणमा उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भइसकेको छ।

त्यसैगरी, लिडर शिक्षकका लागि नेतृत्व विकास तालिम, कक्षा १, २ र ३ का शिक्षकका लागि एकीकृत पाठ्यक्रम तालिम, लेखापालहरूका लागि पनि आवश्यक तालिम सम्पन्न भइसकेको ईप्सनले जनाएको छ। आगामी साउन ३१ गते कक्षा १ देखि ५ का शिक्षकका लागि कक्षाकोठा व्यवस्थापन तालिम तथा चाँडै नै प्रश्नपत्र निर्माण गोष्ठी आयोजना गरिने तयारी भइरहेको छ।

ईप्सन भक्तपुरले विद्यार्थी तथा शिक्षकहरूको क्षमता अभिवृद्धि र समग्र शैक्षिक विकासका लागि निरन्तर कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको