भक्तपुर । नेपाल बार एशोसियसन भक्तपुर जिल्ला अदालत इकाईको अध्यक्षमा रामसुन्दर खाईतु निर्वाचित भएका छन् । भक्तपुर बार इकाईको शनिवार सम्पन्न निर्वाचनमा खाईतु १३४ मतका साथ निर्वाचित भएका हुन् ।
उनका निकटम प्रतिष्पर्धी सरोजकुमार तुँछेंले १०७ मत, प्रत्याशी गम्भिरमान ज्याख्वले ३० मत प्राप्त गरेका थिए । खाइतु नेपाल डेमोक्रेटिक्स लर्यस एशोसियसन ९डिएलए०का तर्फबाट उम्मेदवार बनेका थिए भने तुँछे डिएलएका बागी उम्मेदवार । तुँछेंले बृहत लोकतान्त्रिक, प्रगतीशील, गणतान्त्रिक, राष्ट्रवादी, समाजवादी एवम् स्वतन्त्र पेशागत कानून व्यवसायी समूहको तर्फबाट उम्मेदवारी दिएका हुन् ।
विस्तृत समाचारका लागि : https://www.facebook.com/profile.php?id=61572695642687
