भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ऐतिहासिक र धार्मिक पहिचानले मात्रै चर्चित छैन, अहिले यस नगरपालिकाको अर्को पहिचान पनि बन्दैछ, –विकासको नाममा आर्थिक बेथितिको नमूना ।
चाँगुनारायण नगरपालिकाले करिव ३ करोड १५ लाख रुपैयाँ अनियमित तरिकाले खर्च गरेको छ । महालेखा परीक्षकको कार्यालयले आ.व. २०८०/०८१ को लेखापरीक्षण गर्ने क्रममा चाँगुनारायण नगरपालिकाले ३ करोड १४ लाख १८ हजार अनियमित खर्च गरेको जनाएको हो ।
यसबारे विस्तृत विवरण हरिसुन्दर छुकांले चाँगुपत्र साप्ताहिकको साउन ५ गतेको अंकमा लेखेको समाचार पढ्न सक्नुहुनेछ ।
