शुक्रबार, मंसिर १९, २०८२

15.1 C
Bhaktapur
शुक्रबार, मंसिर १९, २०८२
15.1 C
Bhaktapur
HomeNews Contentअर्थचाँगुनारायणको आम्दानी : अनुमानभन्दा ९ करोडले कम

चाँगुनारायणको आम्दानी : अनुमानभन्दा ९ करोडले कम

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा २७ करोड ४६ लाख ७१ हजार ६४३ रुपैयाँमात्र राजस्व संकलन गरेको छ । जुन अनुमानभन्दा २५ दशमलब १० प्रतिशतले कम हो ।

नगरपालिकाको कार्यालय रहेको खरिपाटीस्थित काउन्टर र ९ वटै वडाबाट सो रकम बराबरको राजस्व संकलन भए पनि उक्त रकम अनुमानभन्दा ९ करोडले कम हो ।

हेर्नुस् आव, २०८१/०८२ को अनुमानित बजेट वक्तव्य


नगरपालिको आर्थिक वर्ष २०८१/०८२ मा ३६ करोड ६७ लाख २० हजारको राजस्व संकलनको अनुमान गरी बजेट पेश गरेको थियो ।

नगरपालिकाको राजस्व संकलन गर्ने काउन्टरबाट साउनदेखि असार मसान्तसम्म १३ करोड १८ लाख र अन्य रकम वडाबाट राजस्व संकलन गरिएको सूचना सार्वजनिक गरेको छ ।
९ वटा वडामध्ये सबैभन्दा बढी ९ नंं वडा कार्यालयले राजस्व संकलन गर्न सफल भएको छ । वडा नंं ९ बाट गत आर्थिक वर्षमा २ करोड ७२ लाख ७७ हजार ९३ रुपैयाँ संकलन भएको छ ।

त्यस्तै, दोस्रो सबैभन्दा बढी वडा नंं ८ बाट संकलन भएको छ । सो वडाबाट १ करोड ९६ लाख १७ हजार ५५३ रुपैयाँ राजस्व संकलन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको