शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentसमाचारभक्तपुरका प्रमुख मालपाेत अधिकृत र कार्यालय सहयाेगी घूससहित पक्राउ

भक्तपुरका प्रमुख मालपाेत अधिकृत र कार्यालय सहयाेगी घूससहित पक्राउ

भक्तपुर । भक्तपुरका प्रमुख मालपोत अधिकृत र कार्यालय सहयोगी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कार्यालयका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउत रहेका छन् । उनीहरू २४ लाख ५० हजार रुपैयाँ घुसससहित पक्राउ परेका हुन् । जग्गाको लगतकट्टाका लागि उनीहरुले घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगको टोलीले उनीहरुलाई घुुससहित मंगलबार दिउँसो कार्यालयबाटै पक्राउ गरेको हो। 

पैसा भने कार्यालय सहयोगी राउतबाट बरामद भएको आयोगले जनाएको छ। कार्यालय प्रमुखकै मिलेमतोमा उनले पैसा उठाएको आयोगको दाबी छ । आयोगले कार्यालय प्रमुख आचार्यको दुई वटा मोबाइल पनि जफत गरेको छ । साे सम्बन्धमा थप अनुसन्धान जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको