भक्तपुर । भक्तपुरको वागेश्वरीमा श्रावणी महामहाेत्सव हुने भएकाे छ । चाँगुनारायण नगरपालिका वडा नं. ७ वागेश्वरीमा श्रावणी मेला हुने भएको हाे । साे मेला वागेश्वरीकाे वागेहिटीमा हुने भएको हाे ।
शिवकाे विशेष महिनाकाे रूपमा रहेकाे साउन महिनामा वागेहिटीमा रहेकाे बागेहिटी तीन तले महादेव मन्दिर परिसरमा साे मेला आयाेजना गरिन लागेकाे वडा अध्यक्ष श्यामकृष्ण नायजुले जानकारी दिए । वागेहिती संरक्षण समिति (शिव पुराण ज्ञान महायज्ञ मूल समारोह समिति २०८२) काे आयाेजनामा हुने महायज्ञमा उपस्थितिका लागि निमन्त्रणा साथै नगरकोट भ्रमण वर्ष २०८२ सफल पार्न अनुराेध गरिएको छ ।
श्रावण ५ गतेदेखि १७ गतेसम्म – शिव पुराण ज्ञान महायज्ञ र श्रावण १९ गते देखि २६ गतेसम्म नारायण महायज्ञसहित श्रावणी मेला महामहोत्सव हुने आयाेजकले जनाएको छ ।

उक्त स्थानमा रहेकाे तीनतले शिवलिङ्गकाे नामकरण केही समयअघि गरिएको थियाे । यद्यपि नामकरणबारे केही विवाद/ असहमति भने बाँकी छ । त्रिलोकेश्वर नामकरण भएकाे उक्त स्थानकाे प्रचारार्थ मेला गर्न लागिएको हाे ।
विश्वमा एक मात्र अलौकिक, अद्भूत स्वरुपमा रहेको भक्तपुर जिल्ला (साविक वागेश्वरी गा.वि.स.-५) चाँगुनारायण नगरपालिका वडा नं. ७ वागेहिटीमा अवस्थित त्रिलोकेश्वर (तीन तल्ले) महादेव मन्दिर प्राङ्गणमा हुने श्रावणी मेला-महामहोत्सवा विदुषी यशोदा देवीको मुखारविन्दबाट शिव महापुराण ज्ञान महायज्ञमा कथा वाचन हुने भएको छ ।
