भक्तपुर । कक्षा ११ सञ्चालनको पहिलो वर्षमै राेम्वस सेकेण्डरी स्कूलमम उत्साहजनक रूपमा विद्यार्थी भर्ना भएका छन् ।
साेमबारसम्म भक्तपुरको कमलविनायककाे चाेखा विनायकमा अवस्थित राेम्वस सेकेण्डरी स्कूलकाे कक्षा ११ मा उत्साहजनक रूपमा विद्यार्थी भर्ना भएको विद्यालयले जनाएकाे छ । विद्यालयले यही शैक्षिकसत्रदेखि कक्षा ११ सञ्चालनका लागि चाँगुनारायण नगरपालिकाबाट स्वीकृति पाएकाे हाे ।
विद्यालयका प्रिन्सिपल डा. राजेन्द्र काेजूले भने, `रोम्बस सेकेन्डरी स्कुलमा कक्षा ११ को भर्ना अभियान चालु रहेको छ । आजको मितिसम्ममा हाम्रो विद्यालयलाई विश्वास गरी भर्ना हुनेको संख्या ५७ जना पुगेको छ।´
उनका अनुसार कक्षा ११ काे व्यवस्थापन समूहमा दुईवटा समूह रहने निश्चित भइसकेको छ भने कानुन संकायतर्फ भर्ना हुनेको संख्या नौ जना पुगेकाे छ ।कक्षा श्रावण १५ गतेदेखि सुरु गर्ने गरी तयारी भइरहेको विद्यालयले जनाएको छ ।
विभिन्न जिल्लाबाट र विद्यालयबाट भर्नाका लागि आउने क्रम जारी रहेको र थप भर्नाका लागि अझै सिट बाँकी रहेको र भर्ना कार्यक्रम जारी रहेको विद्यालयले अवगत गराएकाे छ ।
