भक्तपुर। विपद्काे समयमा वितरण गरिने विभिन्न सामग्रीहरूकाे सदुपयोगबारे विभिन्न शङ्का- उपशंका भइरहेको बेला भक्तपुरको एक सरकारी कार्यालयका प्रमुखले विपद्का समयमा वितरण गरिने सामग्रीको सदुपयोग हुन नसकेको बताएका छन् ।
भक्तपुरमा आइतबार भएको अन्तरक्रियामा जलस्रोत तथा सिंचाइ डिभिजन विकास कार्यालय भक्तपुरका प्रमुखले साे तथ्यकाे रहस्याेद्घाटन गरे । कार्यालयका प्रमुख घनश्याम कार्कीले विपद्काे समयमा तत्काल राहतका लागि वितरण गरिएको सामग्री ठीक ठाउँमा प्रयाेग भयाे वा भएन? त्यसकाे जानकारी कार्यालयसँग नभएको बताए ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले आयाेजना गरेकाे मनसुनजन्य विपद् पूर्वतयारीबारेकाे अन्तरक्रियामा उनले मलेपले त्यस विषयमा कुरा उठाउँदा कार्यालयले त्यसकाे जवाफ दिन नसकेको बताए । उनले कार्यालयबाट बाेरा, तारजालीलगायतका सामान उपलब्ध गराउँदै आएकाे जानकारी दिए । उनले भने, विपद्मा बाेरा/ तारजाली बाँडेर सकिने भाे, युटिलाइज हुन्छ,हुन्न थाहा छैन ।´
जिल्लास्थित कार्यालयका प्रमुख, प्रतिनिधि र विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरूकाे उपस्थितिमा भएको कार्यक्रममा उनले वितरण भएका सामग्रीको सही सदुपयोग र आवश्यक व्यक्ति तथा स्थानलाई सहयाेग गर्नुपर्ने बताए ।
भिडियो :
