भक्तपुर । एस.ई.ई. परीक्षा सकिएपछि धेरै विद्यार्थीहरू अब आफ्नो भविष्य निर्माणका लागि उत्तम शैक्षिक संस्थाको खोजीमा छन्। यसै सन्दर्भमा, अक्स्फोर्ड प्राक्टिकल स्कूल, भक्तपुर, कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि उत्कृष्ट गन्तव्यका रूपमा अगाडि आएको छ।

‘अक्स्फोर्डमा अध्यापन गराउने शिक्षकहरू अनुभवी, दक्ष र विद्यार्थी–मैत्री छन्। व्यवस्थापन र मानविकी संकायमा विशेष ध्यान दिइएको यस विद्यालयमा व्यवहारिक सिकाइलाई प्राथमिकतामा राखिएको छ। परियोजना कार्य, प्यानल छलफल, फील्ड भ्रमण, र विभिन्न कार्यशालाहरू मार्फत व्यवहारिक रूपमा सक्षम बनाउनु वर्तमान समयको आवश्यकता हो। वस्तुतः अक्सफोर्ड यस पक्षमा सजग छ ‘, विद्यालयका प्रिन्सिपल रवि दुवालले हाम्रा संवाददातालाई जानकारी गराए ।

अक्स्फोर्डले एस. ई. ई. मा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूका लागि आन्तरिक छात्रवृत्तिको व्यवस्था गरेको छ। साथै विद्यार्थीहरुको शैक्षिक र अतिरिक्त प्रस्तुतिको मूल्याङ्कनका आधारमा विद्यालयले प्रदान गर्ने छात्रवृत्तिको दायरालाई फराकिलो पारेको छ । यसले विद्यार्थीहरुमा सशक्त करिअर निर्माणमा थप सहजता प्रदान गर्दछ। चाहे त्यो नेपालमै उच्च अध्ययन होस् या विदेश जाने योजनाको बारे, विद्यार्थीहरूलाई समयमै कक्षा १२ पछिको योजना बनाउन यहाँ मार्गदर्शन समेत दिइन्छ।

भक्तपुर भन्दा बाहिर गएर कलेज पढ्नु पर्ने वाध्यता होस् या सौख होस्, यहीं खूलेका कलेजहरूले नै विद्यार्थीहरुको मागलाई सम्बोधन गर्न सक्ने परिस्थिति श्रृजना भइसकेको छ। कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीहरुलाई तद्अनुरुप सुविधा दिने अभिप्रायले अक्स्फोर्डमा भर्ना कार्यक्रम सञ्चालनमा आइरहेको छ।
