सोमवार, कार्तिक २४, २०८२

13.1 C
Bhaktapur
सोमवार, कार्तिक २४, २०८२
13.1 C
Bhaktapur
HomeNews Contentसमाचारभ्रष्टाचारविराेधी आन्दोलनको स्मरणमा ताथलीमा प्रवचन

भ्रष्टाचारविराेधी आन्दोलनको स्मरणमा ताथलीमा प्रवचन

भक्तपुर । वि. सं. २०२५ असार १९ र २०२६ साउन २ गते भक्तपुरमा भएको भ्रष्टाचारविराेधी आन्दोलनको स्मरणमा ताथलीमा प्रवचन कार्यक्रम भएको छ ।

भ्रष्टाचारविरोधी ऐतिहासिक आन्दोलनको विषयमा नेपाल क्रान्तिकारी किसान संघ चाँगुनारायण नगर समितिले उक्त कार्यक्रम गरेको हाे । कार्यक्रमका वक्ताहरूले भ्रष्टाचारविराेधी आन्दोलनबाट पाठ सिकेर अहिले बढिरहेको भ्रष्टाचारकाे अन्त्यका लागि सङ्घर्ष गर्न अनुराेध गरेका थिए ।

कार्यक्रममा नेक्राकिसंघका केन्द्रीय उपाध्यक्ष गाेविन्द दुवाल, नेमकिपा भक्तपुरका पाण्डव सुवाल, नेक्राकिसंघ चाँगुनारायणका नारायणभक्त न्हेम्हाफुकी, नेमकिपा ताथलीका राजाराम छुकां, चाँगुनारायण नगरपालिका कार्यपालिका सदस्य कमला गिरी तथा किसान कार्यकर्ता गणेशराम सुवाललगायतले स्थानीय तहमा विभिन्न प्रकारका भ्रष्टाचार बढेकाे उल्लेख गर्दै बढ्दो भ्रष्टाचारका कारण जनताले दु: ख पाएकाे उल्लेख गरे ।

उनीहरूले नेमकिपाकाे स्थापनाकाे एउटा आधारका रूपमा भ्रष्टाचार विराेधी आन्दोलन रहेको उल्लेख गर्दै भ्रष्टाचार विराेधी आन्दोलनले मात्र सुशासन कायम हुन सक्ने बताए । स्थानीय तहदेखि संघीय तहसम्म, विभिन्न कार्यालयदेखि मन्त्रालयसम्म भ्रष्टाचार व्याप्त हुँदा जनता आजित भएको भन्दै कार्यक्रमका वक्ताहरूले पार्टी सिद्धान्त र विचारलाई बलियाे बनाउन आग्रह गरेका थिए ।

नेक्राकिसंघ ताथलीका अध्यक्ष रविन बासुकला सभापति रहेको उक्त कार्यक्रममा रामचन्द्र छुकांले पनि भ्रष्टाचार र अनियमितताकाे अन्त्यका लागि संघर्ष गर्नुकाे विकल्प नभएकोमा जाेड दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको