भक्तपुर । भक्तपुरको राेम्वस सेकेण्डरी सेकेण्डरी स्कूलले एसईई २०८१ मा ४ जिपिए हासिल गर्न सफल गाेमा श्रेष्ठलाई सम्मान गरेकाे छ ।
यस वर्षबाट कक्षा ११ सञ्चालन गर्ने अनुमति पाएकाे कमलविनायककाे चाेखाविनायकस्थित साे स्कूलले उनलाई सम्मान गरेकाे हाे । हाल कक्षा ११अध्ययनका लागि तयारीमा रहेकी उनले आफूप्रति गरेकाे सम्मानका लागि विद्यालय परिवारलाई धन्यवाद दिँदै सफलताका लागि मन लगाएर अध्ययन गर्न जरूरी रहेकाे बताइन् ।
कक्षा १० मा अध्ययनरत विद्यार्थीमाझ उनले पढाइलाई प्राथमिकतामा राखेका कारण एसईईमा उच्च सफलता हासिल गर्न सफल भएको अनुभव बाँडिन । यसका साथै उनले आफ्नो लक्ष्य हासिल गर्न आफू प्रतिवद्द भएर लाग्ने समेत बताइन् ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल डा. राजेन्द्र काेजुले गाेमा श्रेष्ठलाई बधाई ज्ञापन गर्दै लक्ष्य हासिल गर्नका लागि थप मिहिनेत गर्न नछाेड्न अनुरोध गरे । उनले लक्ष्य हासिल गर्ने क्रममा थुप्रै चुनाैती आउने भएकाले चुनाैतीलाई अवसरका रूपमा परिणत गर्नुपर्ने बताए ।
सपना, सङ्घर्ष र सफलतालाई विद्यालयले प्राथमिकता दिँदै आएको बताउँदै डा. काेजूले सङ्घर्ष र मिहिनेतले सफलता हासिल हुने जनाए । उनले विभिन्न चुनाैतिका बीच भक्तपुरमा कक्षा ११ सञ्चालन गर्ने जमर्को गरेकाे र त्यसमा विद्यालयले सफलता पाउँदै गएको पनि बताए ।
शिक्षक माेहन बस्नेतले भक्तपुरको राेम्वस स्कुलले शैक्षिक क्षेत्रमा उल्लेखनीय याेगदान दिइरहेको बताए । कक्षा १० कि विद्यार्थी श्राेता अधिकारीले ४ जिपिए हासिल गरेकी श्रेष्ठलाई बधाई ज्ञापन गर्दै गाेमा श्रेष्ठ सम्पूर्ण विद्यार्थीका लागि प्रेरणा भएको बताइन् ।
कार्यक्रममा डा. मेरिट काेजुले मिहिनेत, लगनशीलता, निरन्तरता नै सफलताको कडी भएकाे बताइन् । राेम्वस स्कूलका पूर्व विद्यार्थीसमेत रहेकी डा . काेजूले आफ्नो लक्ष्य हासिल गर्न विभिन्न चुनाैती आउने भएकाले ती चुनाैतीलाई सामना गर्ने साहस बटुल्न अनुरोध गरिन् ।
कार्यक्रममा सञ्चारकर्मी हरिसुन्दर छुकांले परिश्रम, मिहिनेत र सङ्घर्षले परिचय बन्ने बताउँदै परिश्रमी व्यक्ति सबैका लागि प्रेरणादायी बन्ने चर्चा गरे । शिक्षक जनकराज कार्कीले गाेमाकाे सफलतासँगै शैक्षिक क्षेत्रमा नयाँ परिचय निर्माण भएकाे बताए ।
