भक्तपुर । माेडर्न स्कुल/ कलेजका प्राचार्य अनिल कसपालले गुणस्तरीय शिक्षाका लागि भक्तपुर छाेड्न नपर्ने बताएका छन् ।
उनले कक्षा १२ र १२ अध्ययनका लागि पहिलाजस्तै काठमाडौं धाउन पर्ने बाध्यताकाे अन्त्य भएकाे जनाउँदै भक्तपुरका स्कुल/ कलेज राजधानीका कलेजभन्दा कुनै पनि हिसाबमा कमजोर नभएको बताए । उनले भक्तपुरमा सञ्चालन रहेका स्कुल/ कलेज काठमाडौका भन्दा शुल्कमा सस्ताे रहेकाे बताए ।
उनले काठमाडौं आउजाउका लागि चाहिने खर्चले नै भक्तपुरका स्कुल/कलेजकाे कक्षा ११ र १२ उत्तीर्ण गर्न सकिने गरी शुल्क ताेकिएकाे जनाउँदै भक्तपुरकै स्कुल/ कलेजमा अध्ययन गर्न सुझाव दिए ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै प्राचार्य कसपालले भने , ` भक्तपुरमै विद्यार्थी र अभिभावकले खाेजेका स्कुल/ कलेज खुल्न थालिसकेका छन् । ती स्कुल/ कलेजकाे नतिजा पनि उत्कृष्ट रहेकाे छ ।´
उनले पछिल्लो समय भक्तपुर शैक्षिक हब र उत्कृष्ट गन्तव्यमा रूपान्तरण भइरहेको उल्लेख गर्दै अन्यत्रबाट भक्तपुर आई पढ्ने विद्यार्थी संख्या हरेक वर्ष बढिरहेको बेला भक्तपुरका अभिभावक र विद्यार्थीले निर्धक्क भएर भक्तपुरकै स्कुल / कलेज राेज्न सक्ने स्थिति बनिसकेको बताए ।
