शुक्रबार, मंसिर १९, २०८२

15.1 C
Bhaktapur
शुक्रबार, मंसिर १९, २०८२
15.1 C
Bhaktapur
HomeNews Contentभक्तपुर टाइम्स विशेषअन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि भक्तपुरको रोम्वस: कक्षा ११ पढ्ने विद्यार्थीको आकर्षण बढ्दो

अन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि भक्तपुरको रोम्वस: कक्षा ११ पढ्ने विद्यार्थीको आकर्षण बढ्दो

भक्तपुर । भक्तपुरको कमलविनायकस्थित रोम्वस सेकेण्डरी स्कूलमा कक्षा ११ अध्ययनका लागि आउने विद्यार्थीको संख्या बढ्दो छ । भक्तपुर कमलविनायकको चोखा विनायकस्थित सो विद्यालयमा कक्षा ११ का विभिन्न विषय समूहमा अध्ययनका लागि आउने विद्यार्थी दैनिक रुपमा बढिरहेको विद्यालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय मानक चिह्न(आइएसओ) प्राप्त भक्तपुरको उक्त स्कूलले चालू शैक्षिक सत्र २०८२ देखि कक्षा ११ सञ्चालन गर्ने अनुमति पाएसँगै भर्ना कार्यक्रम अघि बढाइरहेको छ । उक्त विद्यालयलाई चाँगुनारायण नगरपालिकाले कक्षा ११ सञ्चालन गर्ने अनुमति दिएको थियो । विद्यालयका प्रिन्सिपल डा. राजेन्द्र कोजुले यस वर्षदेखि विद्यालयमा व्यवस्थापन, कानून र मानविकी समूहका विभिन्न विषयहरुसहित कक्षा ११ संचालन गर्ने तयारी अन्तर्गत हाल भर्ना कार्यक्रम चालू रहेको जानकारी दिए । उनले शैक्षिक हबको रुपमा विकास भइरहेको भक्तपुरको कमलविनायकस्थित रोम्वस सेकेण्डरी स्कुलमा कक्षा ११ भर्ना र विषय अनि पढाइबारेमा परामर्शका लागि विद्यार्थीहरु, अभिभावकहरु आउने क्रम जारी रहेको बताए ।

उनले भने, ‘एसईई नतिजा सार्वजनिक भएसँगै कक्षा ११ अध्ययनको लागि भर्ना खुलेको छ, फाराम वितरण भइरहेको छ । यहाँ आउने विद्यार्थीहरु, अभिभावकहरुको संख्या बढिरहेका छन् ।’

कक्षा ११ सञ्चालनका लागि आवश्यक सम्पूर्ण भौतिक र शैक्षिक तयारीका साथ अघि बढिरहेको जानकारी दिँदै उनले कक्षा ११ शुभारम्भको अवसरमा रोम्वसमा भर्ना हुने पहिलो ५० जना विद्यार्थीलाई सम्पूर्ण शुल्कमा ५० प्रतिशत छुट दिने घोषणालाई कार्यान्वयन गरिरहेको बताए ।

प्रिन्सिपल डा. कोजुले भक्तपुरबाट हरेक वर्ष ६ हजार विद्यार्थी कक्षा १० उत्तीर्ण हुने र उनीहरु कक्षा ११ अध्ययनका लागि भक्तपुर छोडेर जाने बाध्यतालाई न्यूनीकरण गर्ने उद्देश्य अनुरुप विद्यालयले कक्षा ११ सञ्चालनका लागि पहल गरेको उल्लेख गर्दै सो पहलले सार्थकता पाएको समेत बताए । उनले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुको व्यक्तित्व र क्षमता वृद्धिसँग सम्बन्धित सीप र प्रविधिका कक्षा सञ्चालन गरी प्रतिस्पर्धी विद्यार्थी तयार गरिने समेत जनाए । ‘भक्तपुरबाटै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने गरी सञ्चालन गर्न लागेको कक्षा ११ ले त्यो आवश्यकता पूरा गर्नतर्फ हामी लागिरहेका छौं ।’

विद्यालयले विभिन्न देशका विद्यालय र विश्वविद्यालयसँग भगिनी सम्बन्ध कायम गर्दै विद्यालयलाई अन्तर्राष्ट्रिय शैक्षिक समुदायसँग जोड्ने काम गरिरहेको छ । रोम्वस सेकेण्डरी स्कूल विगत ११ वर्षदेखि भक्तपुरको शैक्षिक उन्नयनका लागि निरन्तर कृयाशील छ । वि.सं. २०७० साल फागुन ७ गते विधिवत नामकरण गरी शैक्षिक वर्ष २०७१ देखि कक्षा संचालन गर्न थालेको यस विद्यालयमा ४७ जिल्लाका विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । नर्सरीदेखि कक्षा १० सम्म कूल ७०६ जना विद्यार्थीहरु रोम्वस सेकेण्डरी स्कूलमा अध्ययनरत छन् ।

कक्षा ११ मा अध्ययनका लाग हालसम्म ५१ जना भर्ना भएका र एकसय बढी फाराम वितरण भएको विद्यालयले जनाएको छ । प्रिन्सिपल डा. कोजूले पहिलो कक्षा ११ सञ्चालनको पहिलो वर्ष भएकाले अनेकौं चुनौतीका बीच पनि अहिलेसम्मको विद्यार्थी भर्ना र फाराम वितरण सन्तोषप्रद भएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको